हेटौँडा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मकवानपुर जिल्लामा पक्राउ परेका आफ्ना तीनजना नेताहरूको रिहाइ माग गर्दै बन्द लगायतका विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ ।

नेकपाका नारायणी व्युरो ईञ्चार्ज चिरन पुनले बुधबार प्रेस विज्ञप्ति जारी गरेर पक्राउ परेका नेताहरूलाई तत्काल रिहाइको माग गरेका हुन् ।

उनले पक्राउ परेका नेताहरू रिहाइ नभए मकवानपुर जिल्लामा जनकारबाही गर्ने चेतावनी पनि दिएका छन् ।

प्रहरीले असार १३ गते मकवानपुर जिल्लाको हेटौँडा बजारबाट नेकपाका नारायणी व्यूरो सदस्य तथा मकवानपुर जिल्ला ईञ्चार्ज ज्वाला र सचिवालय सदस्य शोम घलानलाई पक्राउ गरेको थियो ।

त्यसै गरी केही दिन अगाडि अर्का सचिवालय सदस्य दिलिप स्याङ्तानलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

नेकपाले दवावका लागि असार १६ र १७ गते दुई दिन मकवानपुर जिल्ला बन्दको आह्वान पनि गरेको छ । नेकपाले पक्राउ परेका नेताहरू रिहाइ नगरिए थप कडा संघर्ष सार्वजनिक गर्ने चेतावनी पनि दिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार