दाङको तुलसीपुरका प्रतिष्ठित व्यापारी राजकुमार श्रेष्ठको शव सल्यानको एक जंगलमा फेला परेको छ । गत जेठ २६ गते  अपहरणमा परेका व्यापारी श्रेष्ठको शव २१ दिनमा सल्यानको छत्रेश्वरी गाउँपालिका ४ रैजेको जंगलमा फेला परेको प्रहरी श्रोतले बताएको छ ।

शुक्रबार बिहान ४ बजे दाङ र सल्यानबाट गएको प्रहरीले टोलीले शवको पहिचान गरेको बताइएको छ । अपहरणमा संलग्न व्यक्तिले दिएको जानकारीका आधारमा प्रहरीले सो ठाउँमा गएर शवको पहिचान गरेको हो ।

घटनामा संलग्न व्यक्तिहरु दाङ, सल्यान र धादिङका व्यक्ति रहेको भए पनि विस्तृत विवरण आइ नसकेको श्रोतले बताएको छ । प्रहरीका अनुसार मुख्य अपहरणका मुख्य योजनाकार फरार छन् भने केहीलाई पक्राउ गरिएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार