प्यूठानमा नेकपाका नेता–कार्यकर्ता गिरफ्तार गर्न माओवादी केन्द्रको हात रहेको खुलासा भएको छ ।
स्मरण रहोस्, राप्ती व्युरो इन्चार्ज एवं केन्द्रीय सदस्य सुवास, केन्द्रीय सदस्य असल र प्युठान जिल्ला सेक्रेटरी शार्दुलगायत १० जिल्ला समिति सदस्यहरुलाई गिरफतार गरेको थियाे ।
नेपाल कम्युनिस्ट पार्टी राप्ती व्युरोले आफ्ना तीन केन्द्रीय सदस्य र अरु दर्जनौं नेता कार्यकर्तालाई पुलिस प्रशासनद्धारा गिरफ्तार गरेको भन्दै जेठ ३० गते राप्ती बन्दको आयोजना गरेको थियाे ।
कम्युनिस्ट पार्टी राप्तीले रोल्पाबाट १४ जना नेता कार्यकर्ता, प्युठानबाट १० जना, दाङबाट ३ जना र रुकुमबाट १४ जना नेता कार्यकर्ता गिरफ्तार गरेको पनि जानकारी गराएकाे थियाे ।
अहिले सो पार्टीले आफ्ना नेता तथा कार्यकर्ताका पक्राउ गराउनेहरुको खोजी गरिरहेको कुरा पनि पार्टी स्रोतले बताएको छ । उक्त पार्टीले सुराकीलाई कुनै पनि हालतमा नछोडिने उद्घोष गरेको बताइन्छ ।







