अब हामी जनतासँगै घर, समाजमा हुन्छौं । एउटा नागरिकको समृद्ध जीवन र देशको स्वाधीनता कायम राख्न निभाउनुपर्ने सम्पूर्ण कर्तव्य पूरा गर्नेतर्फ लाग्छौं । जनताको सत्ता जनपरिषद्लाई जनता घरआँगनमा देखिने र भेटिने बनाउनेतर्फ केन्द्रित हुन्छौं । एकीकृत जनक्रान्ति सम्पूर्ण नागरिकले गर्ने क्रान्ति हो भन्ने कुरा दृढताका साथ लागू गर्ने काम हुन्छ ।

अन्यायमा पारिएका जनतालाई न्याय दिने, खोसिएका अधिकार पुनःस्थापित गर्ने, नपाएकालाई अधिकार स्थापित गर्ने, दलाल–संसदीय व्यवस्थाको भण्डाफोर गर्ने र गाउँ–समाजमा छिर्न नदिने, देशलाई नै आत्मनिर्भरता बनाउन स्वदेशी उद्यमी, व्यापारी, व्यवसायी, पूँजी, कर्मचारीको संरक्षण गर्न तीव्रतामा कार्यक्रम संचालन गर्ने आदि काममा लाग्‍ने कुरा नै मुख्य हुनेछन् ।

हरेक नागरिकले आफूलाई दुःख, अभाव र अन्याय दिने तत्वविरुद्ध एकीकृति जनक्रान्तिको काखमा बसेर लड्न सक्छन् । आफ्ना कुरा सहज रुपमा राख्‍न सक्छन् । अन्यायमा परेका नागरिकले अधिकार प्राप्तिका लागि न्यायिक लडाईमा प्रत्यक्ष सहभागिता जनाउन पाउँछन् ।

अनलाइन डबलीका लागि सागर लामाले लिनुभएको अन्तरवार्ताको अंश

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार