अम्बिका चन्द/काठमाडौं/असार १९ : झापाबाट पक्राउ गरी सदरमुकाम चन्द्रगढी राखिएका नेपाल कम्युनिस्ट पार्टीका मेची ब्युरो इन्चार्ज सन्तकुमार लिम्बु ‘सुमन’ र जिल्ला सेक्रेटरी तारा थापालाई झापाबाट रौतहट लगिएको छ ।

आइतबार रिहाइको सुचना दिएर हिरासतबाट बाहिर ल्याउनासाथ लिम्बु र थापालाई झापाबाट रौतहट लगेको हो । कसैलाई कुनै सुचना विना नै अकस्मात वेपत्ता शैलीमा प्रहरीले आइतबार नै जिल्लाबाट बाहिर लिएको र धेरै कोसिसपछि सोमबार मात्र आफूहरुले सुचना पाएको मेची ब्युरो कार्यवाहक इन्चार्ज निर्मलले बताउनुभयो ।

विनाकारण पक्राउ गरी कुनै घटनामा सुनियोजत रुपमा फसाउनको लागि रिहा हुने बित्तिकै पुन पक्राउ गरी वेपत्ता पारेको भन्दै निर्मलले उक्त सरकारी रवैयाको निन्दा गर्नु भएको छ ।

चुनाव विरोधी गतिविधि गरेको भन्दै झापाको गरामुनीबाट घरमा खाना खाइरहेको बेला जेष्ठ ३१ गते लिम्वु र थापालाई प्रहरीले पक्राउ गरेको थियो ।

यसरी प्रहरीद्वारा नेताद्वय सन्तकुमार लिम्बु ‘सुमन’ र तारा थापालाई चन्द्रगढी सारिनुले गम्भीर षड्यन्त्रको आशङ्का जन्माएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार