राष्ट्रिय तथा क्षेत्रीय सुरक्षा कायम राख्नका लागि चीनले सैन्य खर्च दोब्बर पार्नुपर्ने भएको छ । चिनियाँ सैन्य विश्लेषकहरुले यस्तो निश्कर्ष निकालेका हुन् ।

“उनीहरूले यसलाई दोब्बर पार्नुपर्छ । हाल चीनले अत्यधिक कम मात्र खर्च गर्दै आएको छ,” सिंघुवा युनिभर्सिटीको इन्स्टिच्युट अफ इन्टरनेसनल रिलेसन्सका डिन यान सुइटङले भने ।

चीनले कम्तीमा पनि अमेरिकाको अनुपातमा वा कुल गार्हस्थ्य उत्पादन ((जीडीपी)को ३ प्रतिशत रक्षा खर्च गर्नु आवश्यक भएको उनले विश्व आर्थिक मञ्चको डालियानमा आयोजित समर डाभोस बैठकका अवसरमा बताए ।

यसले चीनको कुल सैन्य खर्च ५ अर्ब डलरसम्म पु/याउँछ । रक्षा खर्च यो अवस्थामा पुग्नका लागि यो अन्तर्राष्ट्रिय स्तरकै मापदण्ड हो । गत वर्ष बेइजिङले रक्षातर्फ सालाखाला १ सय ४७ अर्ब डलर छुट्ट्याएको थियो । तर, स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटले चीनले रक्षा क्षेत्रमा २२६ अर्ब डलर खर्च गरेको जनाएको छ ।

रक्षा खर्चको आकार जे–सुकै भए पनि यसलाई नजिकैबाट नियालिँदै आएको छ । “सेनाले तपाईंको मुलुकलाई सुरक्षा प्रदान गर्छ । त्यसैले तपार्इंले यसमा खर्च गर्नुपर्छ,” यानले भने ।

चीनले रक्षा क्षेत्रमा गर्दै आएको समग्र खर्च अमेरिकाको ६ सय अर्ब डलरको एउटा अंश मात्रै हो । गत वर्ष अमेरिकाले रक्षा क्षेत्रमा ६ सय अर्ब डलर खर्च गरेको सिप्रीले जनाएको छ । यो संस्थाले विश्वका मुलुकहरूले रक्षा क्षेत्रमा गर्दै आएको खर्चको लेखाजोखा गर्दै आएको छ ।

राष्ट्रिय सुरक्षाले आर्थिक सुरक्षालाई पनि समावेश गर्ने भएकाले देशको अर्थतन्त्रको निर्माण र जनताको जीवनस्तर पनि उकास्न आवश्यक भएको चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजका अध्यक्ष सु गेले बताए ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार