काठमाडौं/सत्ताको उत्पीडनबाट पिल्सिएका जनता र जनयुद्धको कथा र राष्ट्रियताको भाव बोकेको गीति एल्बम  ‘देशको माया’ माथि परिचर्चा कार्यक्रम राष्ट्रिय नाचघर, जमलमा भव्य रूपमा सम्पन्न भएको छ । अखिल नेपाल जनसांस्कृतिक महासंघका कोषाध्यक्षसमेत रहेका जनवादी गीतकार, संगीतकार तथा गायक आरोह नेपालीको यो एल्बममाथि विभिन्न व्यक्तित्वहरुले परिचर्चा गरेका थिए ।

आरोह नेपाली मकवानपुर हटियाका कलाकार हुन् । उनले १० वर्षे जनयुद्धमा संगितको माध्यमबाट जनयुद्धमा सघाएका थिए । २०७० सालको दोस्रो संविधानसभा बहिष्कारको आन्दोलनमा उनले दाहिने हात पनि गुमाएका छन् । उनै जनकलाकार आरोह नेपालीको प्रस्तुत गीति संग्रहमा देशको माया छ भने साईलादाइ उठ है,माटोको माया छ है माईलादाई तयार हौ भिड्नलाई’, ‘घर सझेर गाउँ सम्झेर झर्छ आँसु परदेशीको मरुभुमिमा’, के फरक छ तिमी र ममा तिमीले फेर्ने सास एउटै मैले फेर्ने सास एउटै’, ‘आउँछ यादहरु युद्ध संगै लडेको’ लगायत १० वटा गीतहरु समावेश छन् ।

नेपाली धर्तीमा २०५२ सालमा महान् जनयुद्धको आरम्भ भएपछि पुरानो सत्ताले क्रान्तिकारी गीत–सङ्गीतमाथि प्रतिबन्ध लगाएकोे थियो । तात्कालीन सरकारले जनताका गीत–सङ्गीत तथा खुला कार्यक्रमहरूमाथि धावा बोल्ने काम गरयो । त्याग, बलिदान र आत्मोत्सर्गको एकीकृत स्वरूप हो हाम्रो जनसांस्कृतिक आन्दोलन ।

ऐतिहासिक गौरवमय रहेको यो क्षेत्रको भविष्य पनि सुन्दर र उज्यालो नै छ । यसले गम्भीर रूपमा नयाँ यथार्थको मर्मलार्ई आत्मसातीकरण गरेको छ । माओले विदेशी प्राविधिक ज्ञान क्रान्तिको पक्षमा लगाउन आह्वान गर्नुभएजस्तै क्रान्तिकारी गीत–सङ्गीतको सीप, क्षमता र दक्षताको अभिवृद्धिको निम्ति सामना सांस्कृतिक परिवार आज पनि अहोरात्र खटिरहेको छ । सामना सांस्कृतिक परिवारका सहसंयाेजक समेत रहेका आरोहको ‘देशको माया’ गीति एल्बम यसैतर्फको एउटा पहल हो ।

अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, केन्द्रीय समितिको आयोजनामा आरोह नेपालीको ‘देशको माया’ नामक गीति एल्वमको विशेष परिचर्चा कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुँदै नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश वली ‘सुर्दशन’ ले यो गीति एल्बम जनयुद्ध र समकालीन भोगाइको प्रतिफल बताउनुभएको थियो ।

वक्ता अतिथिका रूपमा सहाभागी हुँदै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय समिति सदस्य चिरन पुन, कवि तथा गीतकार भूपाल राई, गायक तथा संगीतकार सुरेश अधिकारीले पाि प्रस्तुत गीति एल्बममाथि चर्चा गरेका थिए । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय समिति सदस्यद्वय गुणराज लोहनी र आजाद, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी महासचिव भृकुटी, कवि पूर्णविरामलगायत अतिथि हुनुहन्थ्यो ।

कार्यक्रममा प्रमुख अतिथि  हेमन्तप्रकाश वली ‘सुर्दशन’ ले अग्निराज पौडेल, सुशीलसिंह ठकुरी, रमण थामी, निर्मला घिसिङ, रमेश विक, राज राई, नवीन विश्वकर्मा, पूजा मगर, दीपा महर्जन, रूषा जिम्बा, देवी बस्नेत, आभाष दुलाल र विमला विश्वकर्मालाई आभार पत्र प्रदान गर्नुभएको थियो ।

अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रीय अध्यक्ष टेक बलम्पाकीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासंघका महासचिव खेम थपलियाले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार