काठमाडौं/कथित लोकतन्त्रको नाममा निरंकुशता, दलाली र राष्ट्रघात गर्दै आएको दाहाल–देउवा सरकारको अन्याय र अत्याचार चरम हुँदै गएको छ ।

यो सरकारले नेकपाका केन्द्रीय सदस्य सन्देश पौडेल, सन्तकुमार लिम्बुलगायत सयौंलाई बन्दी बनाइरहेको छ । उहाँहरुलाई रिहा गर्नुको सट्टा झुठ्ठा मुद्दा लगाएर फसाउने धृष्टता पनि गरिरहेको छ । यसले नेकपालाई आक्रोशित बनाएकाे छ ।

मोरङकी महिला नेतृ इन्दिरा मिश्र ‘रचना’ लाई चरम यातना दिएर झुठ्ठा मुद्धामा हस्ताक्षर गर्न दबाब दिइरहेको छ । नेकपाले देउवा–प्रचण्ड सरकारको ज्यादतीविरुद्ध नेकपाले असार २७ गते नेपाल बन्दलगायतका संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेको छ । नेकपाका, प्रवक्ता, प्रकाण्डले एक विज्ञप्तिमार्फत सो घोषणा गर्नुभएको हो ।

राज्यको दमन कायम रहिरहेका नेकपाले राज्यका विरुद्ध समानान्तर सत्ता चलाउने र प्रतिरोध युद्ध गर्ने चेतावनी पनि दिएको छ ।

हेर्नुस् विज्ञप्तिको पूर्ण विवरण –

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार