
शिक्षाका नाममा लुट मच्चाइरहेको भन्दै नेपाल कम्युनिस्ट पार्टी निकट अनेरास्ववियु क्रान्तिकारीले उपत्यकाका तीन बिद्यालयको बस तोडफोड गरेको छ |
उसले निजी विद्यालयमा अभिभावकको क्षमता भन्दा बढी शुल्क लिएको भन्दै शुक्रबार बिहान तीन विद्यालयको बस तोडफोड गरेको हो । शिक्षा क्षेत्रमा भएको दलालीकरण र व्यापारिकरण अन्त्यका लागि गरिएको आन्दोलनका क्रममा पाठासाला स्कुल, टिरिनिटी र युरोकिड्स स्कुलका बस तोडफोड गरिएको संगठनको केन्द्रीय सचिबालय सदस्य जीपी चौलागाईले जानकारी दिए |
विद्यालयले शुल्क फिर्ता नलिएसम्म कुनै हालतमा आन्दोलन नरोकिने बताउंदै चौलागाईले आजको तोडफोड प्रतिरोध संघर्षको एउटा संकेत भएको खुलाशा गरे |
सरकार र विभिन्न विद्यार्थी सङ्गठनबीच भएको सहमति कार्यन्वयन नभएपछि प्रतिरोध संघर्ष शुरु गरेको संगठनले कारबाही अझ सशक्त हुने बताएको छ |







