
कैलालीमा बेबारिसे बम विस्फोटमा परी मृत्यु भएका चन्द्रबहादुर सिंह ‘सनराईज’ लार्इ प्रथम सहिद घाेषणा गर्दै नेपाल कम्युनिस्ट पार्टीका कैलालीले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।
धनगडी उपमहानगरपालिका १२ जुगेडा स्थित घरमा शनिबार श्रद्धाञ्जली सभाको अायोजना गरिएको हो ।
कैलाली जिल्ला सदस्य समेत रहेका सनराइजलाई श्रद्धाञ्जली दिन पार्टीका पोलिट्ब्युरो सदस्य अोमप्रकाश पुन, केन्द्रीय सदस्यहरु शरदसिंह भण्डारी, रामप्रसाद तिमिल्सिना, केन्द्रीय सदस्य तथा सेती ब्युरो इन्चार्ज शंकर खड्कासहितका नेताहरु सहभागी थिए ।
यही असार १२ गते राति सनराइजले बेवारिसे बम चलाउँदा विस्फोट भएको थियो । विस्फोटबाट गम्भीर घाइते भएका सनराइजको उपचारको क्रममा सेती अञ्चल अस्पतालमा राति नै मृत्यु भएको थियो ।
साथै नेकपा कैलालीले सनराइजको सम्झनामा दश लाखको अक्षय कोष समेत खडा गरेको छ ।







