
भारतमा माओवादी सेना र भारतीय सुरक्षा पक्षका जवानबीच दोहोरो भिडन्त हुँदा शनिबार दुई सरकारी फौजको घटनास्थलमै मृत्यु भएको छ ।
शनिबार छतिसगढको दक्षिण सुक्मामा भएको भीडन्तमा दुई सरकारी फौजको निधन हुनुका साथै चार जवान घाइते समेत भएका छन् ।
शुक्रबारदेखि छतिसगढको दक्षिण क्षेत्रमा माओवादी सेनाको वटालियन र सरकारी सुरक्षा फौजबीच भीषण लडाइँ चलेको हो । त्यो शनिबार पनि चल्दा दुई सरकारी फौजको निधन भएको हो ।
यो घटनालाई सरकारी पक्षले समेत स्वीकार गरेको छ ।







