काठमाडाैं लाजिम्पाटस्थित केन्द्रीय सामना परिवार रहेको निवासमा प्रहरीले शनिबार राति प्रवेश गरेर अनावश्यक आतंकित पार्ने हर्कत गरेको छ ।

निवासमा छिरेर प्रहरीहरुले सामानका कलाकारहरुलाई मनोवैज्ञानिक रुपमा आतंकित बनाउने हर्कत गरेको सामनाका कलाकार महेश आरोहीले बताए ।

‘माइला लामा कहाँ छन्, यो निवामा को को आउँछन्, को को बस्छन् भन्दै अनावश्यक प्रहरीले सोध्ने गरेको छ’, कलाकार आरोहीले भने- ‘यो गृह प्रशासनको नालायकी पन हो । हामी कुनै पनि हालतमा यस्तो हर्कतबाट आतंकित हुनेवाला छैनौं ।’

युनिफर्म र साधा पोशाकमा छिरेका प्रहरीहरुले सामाना निवासमा भित्र र बाहिर गर्दै मनोवैज्ञानिक त्रास दिने गरेको बुझिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार