नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्युरो सदस्य अनिल शर्मा विरहीसहित सो पार्टीका झण्डै चालिस नेता -कार्यकर्ता काठमाडौं उपत्यकाबाट गिरफ्तार भएका छन् ।

शान्तिपूर्ण नेपालबन्दका क्रममा सडकमा हिडिरहेका नेता कार्यकर्ताहरुलाई प्रहरीले गिरफ्तार गरेको हो ।

आज बिहानै काठमाडौंस्थित बागबजारबाट पोलिटव्युरो सदस्य शर्मा, वैकल्पिक केन्द्रीय मकरध्वज गुरुनसहित ७ नेता कार्यकर्ता, कंलकीबाट अखिल क्रान्तिकारीका अध्यक्ष पूर्ण सिंहसहित ९ जना गिरफ्तार भएका छन् ।

दिउँसो रत्नपार्कबाट गणतान्त्रिक मंचका अध्यक्ष रत्न मगर, उपाध्यक्ष सुरेश अधिकार र उद्धव पौडेलसहित ८ जना, आज दिउसै कंलकीबाट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य कमल बडुवालसहित १० जना नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ ।

त्यसैगरी कंलकीबाट काठमाडौं थप दुईजनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

देशभरिको थप विवरण आउन बाँकी छ ।

गिरफ्तार पोलिटव्युरो सदस्य शर्मासहितको एक टोली महेन्द्र पुलिस क्लवमा

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार