नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्क बहादुर विश्वकर्मा प्रकाण्डले शान्तिपूर्ण नेपालबन्दका क्रममा गिरफार नेता कार्यकर्तालाई अलिवम्ब रिहा गर्न आग्रह गरेका छन् ।

आज पार्टीको तर्फबाट एक विज्ञेप्ती जारी गर्दै प्रवक्ता प्रकाण्डले पंचायती शासनलाई माथ गर्नेगरी आफ्ना नेताकार्यकर्तामाथि दमन र धरपकड गरेको आरोप लगाएका छन् ।

‘देउवा–प्रचण्ड मण्डलीको जनार्दन गृह प्रशासनले इतिहासलाई मात गर्ने गरी आज विहानै संचार जगतमाथि हमला ग¥यो । यो निरंकुशतावादी दमनको पार्टी कडा निन्दा एवं भत्र्सना गर्दछ ।’ प्रवक्ता प्रकाण्डले विज्ञेप्तीमा भनेका छन् ।

विज्ञेप्तीको पूरा पाठ :

कथित स्थानीय चुनाबको वहानामा हाम्रो पार्टीका नेता तथा कार्यकर्तालाई गिरफ्तार गरी जनयुद्धकालमा माओवादी जनयुद्ध दमन गर्न तयार गरेको कानून लगाएर झुट्टा मुद्दामा फसाउने र दमन गर्न गरिएको राज्यको षड्यन्त्रका विरुद्ध आज असाढ २७ गते पार्टीले संघर्षको नेपाल बन्द कार्यक्रम आयोजना ग¥यो ।

देउवा सरकारको जनार्दन गृह प्रशासनले रातो खबर साप्ताहिक र रातो खबर अनलाईनका निर्देशक अनिल शर्मालाई आज एकाविहान ७ः३० बजे बागवजार पत्रीकाको कार्यालयबाट गिरफ्तार ग¥यो । जनगणतान्त्रीक मञ्चका इञ्चार्ज मकर गुरुङ, मञ्चका अध्यक्ष रत्न मगर लगायत ४ जनालाई बागवजार कार्यालयबाट गिरफ्तार ग¥यो । विद्यार्थी नेता पूर्णबहादुर सिंह लगायत दर्जनौं नेता कार्यकर्तालाई गिरफ्तार गरेको छ ।

देउवा–प्रचण्ड मण्डलीको जनार्दन गृह प्रशासनले इतिहासलाई मात गर्ने गरी आज विहानै संचार जगतमाथि हमला ग¥यो । यो निरंकुशतावादी दमनको पार्टी कडा निन्दा एवं भत्र्सना गर्दछ । प्रेशमाथिको हमला तुरुन्तै रोकी गिरफ्तार अनिल शर्मा लगायत सम्पूर्ण नेता कार्यकर्ताको रिहाको जोडदार माग गर्दछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार