
नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डले शान्तिपूर्ण बन्दका क्रममा गिरफ्तार नेता कार्यकर्ता र्हिा भएका छन् ।
प्रवक्ता प्रकाण्डले आज दिउसो जारी गरेको विज्ञेप्तीमार्फत दिएको चेतावनीपछि झण्डै चालिस नेता कार्यकर्ता रिहा भएका हुन् ।
आजको शान्तिपूर्ण बन्दका क्रममा नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्युरो सदस्य अनिल शर्मा, वैकल्पिक केन्द्रीय सदस्य मकरध्वज गुरुन, अखिल क्रान्तिकारी अध्यक्ष पूर्ण सिंह, गणतान्त्रिक मंंचका अध्यक्ष रत्न मगरसहित दर्जनौं नेता कार्यकर्ता गिरफ्तार भएका थिए ।
ती सबै नेता कार्यकर्ताहरुलाई आज बेलुकी रिहा गरेको हो ।
यसैबीच प्रवक्ता प्रकाण्डले आजको नेपालबन्दलाई सफल सफल पार्न सहयोग गर्ने सबै क्षेत्रलाई हार्दिक आभार व्यक्त गरेका छन् ।







