प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा रहनुभएका बरिष्ठ मन्त्री प्रभु साहसहित सत्तारुढ नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी राजपाका शीर्ष नेताहरु मध्यरातीसम्म भारतीय दुतावासमा गोप्य बैठक बसेको तथ्य खुलेको छ । मन्त्रिपरिषद बिस्तारको गृहकार्य चलिरहेको बेला शहरी बिकाश मन्त्री साहसहित झण्डै एक दर्जन मधेसी नेताहरु बुधवार राती लैनचौरस्थित भारतीय दुतावासमा बैठक गर्नुभएको हो ।
स्रोतका अनुसार बैठकका लागि मधेसी नेताहरु राती सवा ९ बजेपछि भारतीय दुतावास छिर्नुभएको थियो । राजदुतताबासमा मन्त्री साहसहित राजपाका महन्थ ठाकुर, राजेन्द्र महतो, अनिल झा, शरदसिंह भण्डारी र काग्रेस नेता अमरेसकुमार सिंह दुतावास पुग्नुभएको थियो । सवै नेतालाई दुतावास बोलाउने जिम्मा कांग्रेस नेता सिंहले पाएका थिए । उनले नै दुतावासमा बैठक बस्ने प्रबन्ध मिलाएको स्रोतले बतायो । बैठकमा सिंहसहितका मधेसी नेताहरुले अव हुने निर्वाचनमा एमालेको बहुमत रोक्न सक्ने अवस्था नरहेको भन्दै जसरी पनि रोक्नै पर्ने र यसका लागि अहिले भन्दा चार गुणा बढी पैसा पाउनु पर्ने प्रस्ताव राखेका छन ।
‘प्रदेश २ मा पनि जताततै एमालेले नै जित्ने अवस्था छ, हामीले मिलेर गरेको नाकावन्दीबारे मधेसका जनता जानकार भइसकेका छन, अव उनीहरुलाई फेरि भ्रममा पार्न र एमालेको बिरुद्धमा भडकाउन टीकापुरमा जसरी नै केही ठाउँमा हिंसात्मक घटना घटाउनु पर्छ, त्यस्को लागि ठुलै पैसा खर्च गर्नुपर्छ, अहिले पाइरहेको भन्दा कम्तीमा पनि चार गुणा बढी रकम हुनुपर्छ,’ बैठकमा कांग्रेस नेता सिंहको प्रस्ताव थियो । सिंहले हिंसात्मक घटना घटाउँदा सरकारले संरक्षण दिने ग्यारेण्टी गराउन भारतीय राजदुतलाई आग्रहसमे गरेको स्रोतको भनाई छ ।
सो बैठकमा राजपा आगामी असोज २ गते प्रदेश २ का लागि तय गरिएको तेस्रो चरणको थानीय तह निर्वाचनमा सहभागी हुने, त्यसपपछि सत्तापक्ष सवै मिलेर प्रदेश सभाको चुनावमा गई नेकपा एमालेलाई जसरी पनि बहुमतसहित पहिलो पार्टी हुनबाट रोक्ने निश्कर्ष पनि निकालिएको छ । यसैगरी बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री हुनबाट रोकने योजना पनि बनाइएको छ । स्रोतका अनुसार सो बैठकमा ओलीबाहेक अरुलाई नाम अघि सार्न लगाएर एमालेमा बिवाद गराउने, त्यसैलाई आधार बनाएर सकेसम्म एमाले फुटाउने प्रस्ताव गरिएको छ ।
दुतावास बैठकमा एमालेको बहुमत रोक्न आवश्यक सवै प्रबन्ध मिलाउने निर्णयसहित तत्कालका लागि हुलाकी राजमार्ग र लोक मार्गहरू बनाउने नाममा अहिलेको भन्दा तीन गुना बढी पैसा भारतले नेपाल सरकारलाई दिने, कांग्रेस, माओवादी र मधेसी दलका नेताले मागे जति पैसा दिने प्रस्ताव पनि गरिएको छ ।
‘हामीले भनेअनुसारको पैसा आयो भने आगामी चुनावमा एमालेलाई एक्लो पारिन्छ, जनतालाई फेरि भडकाइन्छ, एक दुई ठाउँ टीकापुर दोहोरिन्छ, जसको कारण कांग्रेस र माओवादी गठबन्दन झनै बलियो हुन्छ,’ बैठकमा मधेसी नेताको भनाई थियो । सो बैठकमा भारतीय राजदुतसहित अन्य बरिष्ठ अधिकारीसमेत सहभागी रहेको स्रोतको भनाई छ ।







