४ जुन २०१७ आईतवारका दिन नेपाली जनप्रगतिशिल मोर्चा जर्मनीले, जर्मनीको मुन्स्टर शहरमा “समर बार्बिक्यु” को आयोजना गर्दै समसामायिक राजनैतीक, आर्थिक र समाजिक बिषयमा अन्तर्कृया तथा छलफल कार्यक्रम सम्पन्न गरेको थियो ।

मुन्स्टर, फ्राइबर्ग, बोन, कोलोन, युलिच लगायत जर्मनीका बिभिन्न शहरहरुमा बसोबास गरिरहेका नेपालीहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा नेपाली जनप्रगतिशिल मोर्चा, युरोपका अध्यक्ष बिष्णु भुजेल, उपाध्यक्ष बदन योङहाङ लगायत नेपाली जनप्रगतिशिल मोर्चा, बेल्जियमबाट समेत बिशेष उपस्थिती रहेको थियो।

समर बार्बेक्यू सम्पन्न भए लगत्तै कार्यक्रमको समिक्षा र भावी योजना बारे छलफलको लागि शेर बहादुर तुम्बाफोको अध्यक्षतामा बसेको नेपाली जनप्रगतिशिल मोर्चा जर्मनीको केन्द्रिय समितीको बैठक बसेको थियो ।

बैठकले नेपाल सरकारद्वारा “नेपाल कम्युनिष्ट पार्टी” का नेता तथा कार्यकर्तामाथि राजनैतीक पुर्वाग्रह राखेर भईरहेको दमन र धरपकडको कडा शब्दमा बिरोध गरिसकेको छ ।

सोही बैठकले मोर्चामा नयाँ पदाधिकारीलाई स्वागत गर्दै सांगठनिक दायरा अझ फराकिलो बनाएको छ ।

जस अन्तरगत बिक्रम कान्दवा र मोहन अधिकारीलाई नेपाली जनप्रगतिशिल मोर्चा, जर्मनीको केन्द्रिय समितीमा पूर्णमतले मनोनित गरेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार