पच्चीस जिल्लामा २७ लाख ८८ हजार सात सय ४४ गरिबको बसोवास छ । गरिबी निवारण मन्त्रालयअन्तर्गतको गरिब घरपरिवार सहयोग समन्वय बोर्डले पहिलो चरणमा गरिब घरको पहिचान गर्ने क्रममा यो तथ्यांक बाहिर आएको हो ।

बोर्डले २५ जिल्लाका ६८ लाख २९ हजार दुई सय ३१ जनसंख्यामा अनुसन्धान गरेको थियो ।गरिब जनसंख्याको पहिचान गरिए पनि कहिलेदेखि परिचयपत्र वितरण गर्ने भन्ने अझै अन्योल छ । परिचयपत्र प्राप्त गरेपछि पनि गरिबले पाउने सेवासुविधाबारे केही निर्णय हुन सकेको छैन् ।

मन्त्रालयका सहसचिव सुरेश प्रधानले गरिबी निवारणसँग सम्बन्धित सबै परियोजनालाई एकीकृत रूपमा सञ्चालन गर्ने भनिए पनि कुनै प्रगति नभएको बताए । उनका अनुसार गरिबी निवारणका लागि आयआर्जनसँग सम्बन्धित कार्यक्रममा जोड दिने मन्त्रालयको तयारी छ ।

मन्त्रालयलाई गरिबी निवारणसम्बन्धी सम्पूर्ण कार्यक्रमको अधिकार नभएका कारण परिचयपत्र प्राप्त गरिबले पाउने सेवा–सुविधाबारे अहिलेसम्म प्रस्ट हुन नसकेको उनले बताए । गत ९ जेठबाट गरिबी निवारण कोष, युवा स्वरोजगार कोष र गरिबसँग धिवश्वेश्वर कार्यक्रम मन्त्रालयमातहत आएका छन् । ती निकाय मन्त्रालयमातहत आएकाले अब गरिबसँग सम्बन्धित अन्य कार्यक्रम र बजेटबारे छलफल हुने सहसचिव प्रधानले जानकारी दिए ।

सरकारसँग कहाँ कस्ता कार्यक्रम ?
यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट सञ्चालन हुँदै आएको गरिब निवारण कोष गत जेठबाट गरिबी मन्त्रालयमा आएको छ । कोषले खाद्य पर्याप्तताका आधारमा गरिबीको मापन र कार्यक्रम सञ्चालन गर्दछ ।

संघीय मामिला मन्त्रालयमार्फत कर्णाली रोजगार कार्यक्रम र विश्व खाद्य कार्यक्रमको खाद्यान्न कार्यक्रम सञ्चालनमा छन् । मन्त्रालयको ३ सय ९० गाउँपालिकामा ०५६ देखि सञ्चालनमा रहेको ‘गरिबसँग विश्वेश्वर कार्यक्रम’ अहिले गरिबी निवारण मन्त्रालयमा आएको छ । तर, बजेट अभावले कार्यक्रम अगाडि बढ्न सकिरहेको छैन ।

अर्थ मन्त्रालयले सञ्चालनमा ल्याएको युवा तथा साना व्यवसायी स्वरोजगार कार्यक्रम पनि गरिब तथा विपन्न समुदायका युवालाई लक्षित गरी सञ्चालन हुँदै आएको छ । तर, यस कार्यक्रमले प्रभाव देखाउन सकेको छैन । गत जेठमा अर्थबाट गरिबी मन्त्रालयमा आएको कोष ७३ जिल्लामा सञ्चालन छ ।

स्वास्थ्य मन्त्रालयले ‘विपन्न नागरिक स्वास्थ्य उपचार सहायता’ कार्यक्रम सञ्चालन हुँदै आएको छ । यसबाट गरिब तथा विपन्न परिवारलाई निःशुल्क औषधि, शøया, कडा रोगमा विशेष छुट दिने सरकारी नीति छ, तर यो पनि गरिबभन्दा बढी आर्थिक हैसियत भएका मानिसले सुविधा लिइरहेका छन् ।

महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले ‘महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको उत्थान’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । गरिबी निवारण मन्त्रालयले संकलन गरेको तथ्यांक मन्त्रालयमार्फत दलित, लोपोन्मुख जातिलगायतका नागरिकलाई लक्षित गरी सामाजिक सुरक्षाका कार्यक्रम, बालबालिका अनुदान कार्यक्रम, समावेशीकरण, आरक्षणमार्फत गरिबी निवारणका कार्यक्रम सञ्चालनमा छन् ।

उद्योग मन्त्रालयअन्तर्गत ३८ जिल्लामा महिला, गरिब, महिला, सीमान्तकृत समुदाय तथा परिवारलाई लक्षित गरिब लघुउद्यम र सीप विकास कार्यक्रम सञ्चालनमा छन् । शिक्षा मन्त्रालयमार्फत विपन्न वर्गलाई छात्रवृत्तिको व्यवस्था, इभेन्ट परियोजनासमेत सञ्चालनमा छन् ।

भूमिसुधार तथा व्यवस्था मन्त्रालयमामा मुक्त कमैया पुनस्र्थापना तथा मुक्त हलिया लक्षितलगायतका कार्यक्रम सञ्चालनमा छन् । सहरी विकास मन्त्रालयमा जनता आवास कार्यक्रम सञ्चालनमा छ । मन्त्रालयका सहसचिव प्रधानका अनुसार विभिन्न आइएनजिओले पनि गरिबी निवारणका कार्यक्रम सञ्चालन गरेका छन्, तर ती कार्यक्रम गरिबी निवारण मन्त्रालयमातहतमा छैनन् ।

जम्मा गरिब कति ?

गरिब घरपरिवार सहयोग समन्वय बोर्डले २५ जिल्लामा २७ लाख ८८ हजार सात सय ४४ गरिब रहेको जनाएको छ । यी जिल्लामा ६८ लाख २९ हजार दुई सय ३१ जनसंख्या छन् । गरिबको पहिचान गरी परिचयपत्र वितरण गर्ने तयारीअनुसार पहिलो चरणमा ती जिल्लामा गरिबको पहिचान गरेको हो । बोर्डले स्थलगत अध्ययनबाट संकलन गरेको सो तथ्यांकलाई १५ जेठमा बसेको मन्त्रीस्तरीय बोर्ड बैठकले पारित गरेको छ । गरिब जनसंख्या बस्ने घरधुरी भने तीन लाख ९१ हजार आठसय ३१ छ ।

७१ प्रतिशत बाजुरामा

बोर्डका निर्देशक रामहरि गैरेका अनुसार २५ जिल्लामध्ये बाजुरामा सबैभन्दा बढी गरिब घरपरिवार छन् । जिल्लाको ७१.१ प्रतिशत अर्थात् एक लाख ३४ हजार ८२ जनसंख्यामध्ये ९५ हजार तीन सय ६१ गरिब छन् । गरिब जनसंख्या १३ हजार ६ सय १९ घरधुरीका हुन् ।

तनहुँमा २१ प्रतिशत

बोर्डको अध्ययनअनुसार तनहुँमा २१.१ प्रतिशत मात्रै गरिब छन् । यहाँका नौ हजार दुई सय ७५ घरधुरीका ६२ हजार ६ सय ३९ व्यक्ति गरिब छन् । जिल्लाको जनसंख्या दुई लाख ९६ हजार तीन सय ३१ रहेको छ ।

पश्चिम पहाडमा धेरै

पश्चिम नेपालका पहाडी जिल्लामा बढी गरिब भेटिएका छन् । बोर्डको तथ्यांक अनुसार जाजरकोटमा ७० हजार ५५, डोल्पामा १८ हजार तीन सय ५८, जुम्लामा ६२ हजार दुई सय १०, कालिकोटमा ९१ हजार ६ सय ६६, मगुमा ३१ हजार एक सय २९, हुम्लामा ३२ हजार तीन सय ७३, बाजुरामा ९५ हजार तीन सय ६१, बझाङमा एक लाख २६ हजार आठ सय ७५ जनसंख्या गरिब छन् ।

र्इनयाँपत्रिकाबाट ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार