६ अप्रिल, १९७५ को बिहान सिक्किमका चोग्यालले आफ्नो भवन बाहिर गेटमा भारतीय सैनिकको ट्रकको आवाज सुने । उनी दौडिएर झ्यालमा पुगे, त्यतिबेलसम्म उनी बसेको राजदरबार भारतीय सैनिकले चारैतिरबाट घेराहालिसकेका थिए । त्यति नै बेला मेसिलगन चलेको आवाज सुनियो र राजदरबारको गेटमा तैनाथ बसन्तकुमार क्षेत्रीलाई गोली लाग्यो र उनी भुँइमा ढले । त्यहाँ उपस्थिति पाँच हजार भारतीय सैनिकलाई राजदरबारलाई सुरक्षा दिइरहेका २४३ सुरक्षाकर्मीलाई नियन्त्रणमा लिन ३० मिनेट समय पनि लागेन ।

त्यो दिन १२ बजे ४५ मिनेटसम्म सिक्किमको स्वतन्त्र मुलुकको हैसियत समाप्त भइसकेको थियो । चोग्यालले ह्याम रेडियोबाट सो घटनाको सूचना पुरै विश्वसामु सुनाए । त्यो सूचना बेलायतको एक गाउँमा एक अवकाशप्राप्त डाक्टर र जापान र स्वीडेनका दुई जनाले सो आपतकालीन सूचना सुनेका थिए । दिल्लीका म्युनिसिपल कमिश्नर बीएस दास दिउँसोको खाना खाँदै थिए । उनलाई विदेश सचिव केवल सिंहले फोन गरे र भने तत्काल भेट्न आउनू ।

जसै दास विदेश मन्त्रालय पुगे, केवल सिंहले उनको भव्य स्वागत गरे । दासको स्वागत गर्दै केवलले भने, ‘तपाइँलाई सिक्किम सरकारको जिम्मेवारी दिन तत्काल गाङटोक पठाइँदैछ । तपार्इंसँग तयारीकालागि केवल २४ घण्टाको समय छ ।’ जब भोलिपल्ट दास सिलिगुढीबाट हेलिकप्टरमा गाङटोक पुगे, त्यहाँ उनको स्वागतार्थ चोग्यालका विरोधी काजी लेन्डुप दोर्जी, सिक्किमका मुख्य सचिव, प्रहरी आयुक्त र भारतीय सेनाका प्रतिनिधि उपस्थित थिए ।

दासलाई जुलुसमा सहभागी हुँदै उनको निवाससम्म लगियो । भोलिपल्ट दासले चोग्यालसँग भेट्ने समय मागे तर चोग्यालले बहाना बनाउँदै आफू ज्योतिषीसँग सल्लाह गरेर मात्र भेट्ने जवाफ दिए । ‘यो त एक वहाना थियो, वास्तवमा उनी मलाई मेरो ओहोदालाई मान्यता दिन चाहँदैनथे,’ दासले भने । त्यसको भोलिपल्ट चोग्यालले दासलाई बोलाए तर बैठक निकै कटुतापूर्ण माहोलमा सुरु भयो । चोग्यालको पहिलो शब्द थियो। ‘मिस्टर दास ! यो सोचमा नबस्नु होला कि सिक्कम गोवा हो।’

उनले अन्तिमसम्म यही कोसिस गरेकी सिक्किमलाई भुटानजस्तै दर्ता दिइयोस । ‘सिक्किम एक स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न देश हो । तपार्इले हाम्रो संविधानअनुसार काम गर्नुपर्छ। भारतले तपार्इको सेवा मेरो सरकारलाई दिएको छ । यो विषयमा कुनै पनि षड्यन्त्र गर्न पाइँदैन, बिर्सिएर पनि हामीलाई दबाउने कोसिस नगर्नुहोला,’ चोग्यालले चेतावनी दिँदै भने । सिक्किमलाई भारतमा विलय गर्न बीएस दासको मुख्य भूमिका थियो । भोलिपल्ट बीएस दास सिक्किममा रहेका आफ्ना साथी शंकर बाजपेईसँग भेट गर्न इण्डिया हाउस पुगे । शंकर बाजपेईले दाससँग भने, ‘तपार्इले केवल सिंहको के निर्देशन लिएर आउनुभएको छ ?’

‘मसँग सिक्किमका जनताको आकांक्षा पूरा गर्नेबाहेक केही पनि निर्देशन थिएन,’ दासले सम्झिए, ‘सधैंकै जस्तो इन्दिरा गान्धीले कुनै औपचारिक राजनीति वाचा पनि गरेकी थिइनन् । विलय शब्दलाई त प्रयोग नै गरिएको थिएन ।’ दासका अनुसार केवल सिंहले पनि उनीसँगको कुराकानीमा विलय शब्दको प्रयोग गरेका थिएनन् । ‘हामीलाई केही निर्देशन नभए पनि मलार्इ र शंकर बाजपेईलाई थाहा थियो कि हामीले के गर्नुपर्छ ।’

दिवंगत चर्चित राजनीतिक विश्लेषक इन्द्र मल्होत्राले बारम्बार भन्ने गर्थे, ‘सिक्किमलाई भारतमा विलय गराउने सोच सन्र १९६२ मा भएको चीन–भारत युद्धपछि सुरु भएको थियो ।’ सुरक्षा विशेषज्ञले अनुभव गरेका थिए– चीनको चुम्बी उपत्यका नजिक भारतको केवल २१ माइलको गर्दन छ, जसलाई ‘सिलिगुढी नेक’ भनिन्छ । उनीहरुले चीन कुनै पनि बेला एकै झड्कामा सो गर्दनलाई अलत गरेर उत्तरी भारतमा घुस्न सक्ने बताउँथे ।

सिक्किमका राजा चोग्यालले अमेरिकी नागरिक होप कुकसँग विवाह गरेका थिए । विवाहपश्चात रानीले राजालाई उक्साउन सुरु गरिन् । राजा चोग्याललाई लाग्यो कि यदि आफूले सिक्किमलाई पूर्ण रुपमा स्वतन्त्र बनाउने माग राख्दा अमेरिकाले आफूलाई सहयोग गर्छ तर सो कुरा भारतले स्वीकार गर्नै सक्दैनथ्यो । चोग्यालकी अमेरिकी श्रीमतीको पूरा व्यक्तित्व रहस्यमयी थियो । चोग्याललाई भारतको विरुद्ध उक्साउन उनको ठूलो भूमिका थियो । होप कुकले स्कुलको पाठ्यपुस्तक परिवर्तन गरेकी थिइन् । युवा अफिसरलाई प्रत्येक हप्ता बोलाएर बैठक गराउँथिन् ।

जब उनी चोग्यालकी रानीको भूमिका निर्वाह गर्थिन्, त्यतिबेला उनी सिक्किमको कपडा लगाएर निकै विनम्र भएर प्रस्तुत हुन्थिन् तर जब उनी रिसाउँथिन्, उनले कुनै पनि कुराको प्रवाह गर्दिन थिइन् । चोग्यालको आवश्यकभन्दा धेरै मदिरा पिउने बानीले गर्दा उनीहरुबीच धेरै झगडा हुने गरेको थियो । एकपटक चोग्याल रानीसँग यतिधेरै रिसाएकी रानीको रेकर्ड प्लेयर झ्यालबाट बाहिर फ्याँकिदिए ।

अन्ततः होप कुकले सिक्किमलाई छोडेर अमेरिका जाने फैसला गरिन् । चोग्यालले मुस्किल समयमा अमेरिका नजान आग्रह पनि गरे तर रानी होप कुकले राजाको कुरा अस्वीकार गरिन् । दास रानी होप कुकलाई विदाइ गर्न गए । उनको अन्तिम शब्द थियो, ‘मिस्टर दास मेरा श्रीमानको हेरविचार गर्नुहोला, अब मेरो यहाँ कुनै भूमिका छैन।’

‘मलाइ योभन्दा निकै लाज लागिरहेको छ कि त्यतिबेलासम्म होपले राजदरबारका कयौं बहुमूल्य कलाकृति र पेन्टिङ चोरी गरेर अमेरिका पुर्याएकी थिइन,’ दासले भने । दासले भने, ‘चोग्यालले ८ मे मा भएको सम्झौतामा हस्ताक्षर गरेपछि पनि सो सम्झौतालाई भित्रैबाट कहिल्यै स्वीकार गरेनन् । उनले बाहिरका मानिससँग सधैं सहयोग मागे।’

चोग्यालले एकजना महिला वकिललाई ८ मे मा भएको सम्झौतालाई गतल सावित गर्न वकालत गर्नु उनको काम थियो । जब चुनावको घोषणा भयो त्यतिबेला चोग्याल दक्षिण सिक्किमको भ्रमण गर्ने इच्छा व्यक्त गरे । दासले त्यसो नगर्न सल्लाह दिए । पहिला जव उनी ती क्षेत्रमा जान्थे, जहाँ सडकमा उभिएर सर्वसधारणले उनको भव्य स्वागत गर्थे तर यो पटक उनको शालिमा जुत्ताको माला लगाइएको देखियो।

चुनावमा चोग्यालको समर्थन रहेको नेसनलिस्टले ३२ मध्ये केवल १ सिट मात्र जित्यो । नयाँ सदस्यले जितेर आए । उनले चोग्यालको नामबाट सपथ लिन अस्वीकार गरेका थिए । दासका लागि यो निकै धर्मसंकटको स्थिति थियो किनभने उनी नयाँ संसदका सभामुख पनि थिए। यसबीचमा चोग्याल नेपालका राजाको राज्याभिषेकमा राजकीय अतिथिका रुपमा नेपाल गए । जहाँ उनले पाकिस्तानी राजदूत  र चीनका उपप्रधानमन्त्री चिन सि लिउसँग भेटवार्ता गरी आफूलाई सहयोग गर्न आग्रह गरे ।

बीएस दासले चोग्याललाई एउटा लिखित दस्तावेज दिएका थिए । जसमा लेखिएको थियो, ‘तपाइँ बाहिरी सहयोग लिने चक्करमा नपर्नुहोला । तपार्इको राजवंश कामय रहन्छ । तपाइँका छोरा तपार्इका उत्तराधिकारी हुनेछन् तर तपार्इले स्वीकार गर्नुपर्नेछ, तपार्इ सुरक्षित हुनुहुन्छ र ८ मे मा भएको सम्झौतालाई स्वीकार गर्नुपर्छ ।’

इन्दिरा गान्धीसँग अन्तिम भेटमा चोग्यालले इन्दिरा गान्धीलाई  आफ्नो पक्षमा पर्ने निकै कोशिस गरे । इन्दिरा गान्धीको सचिव भइसकेका पीएन धर आफ्नो पुस्तक ‘इन्दिरा गान्धी, द इमरजेन्सी एण्ड इण्डियन डेमोक्रेसी’ मा लेख्छन्, ‘जसरी चोग्यालले इन्दिरा गान्धीसमक्ष आफ्ना सबै कुरा राखे, म चोग्यालबाट निकै प्रभावित भएँ, उनले भने भारत जसरी सिक्किमको राजनीतिज्ञमाथि दाउ लगाउँदैछ, त्यो विश्वास योग्य छैन ।’

इन्दिरा गान्धीले त्यतिबेला भनिन्, ‘तपार्इ जुन राजनीतिज्ञको कुरा गर्दै हुनुहुन्छ, उनीहरु जनताद्वारा चुनिएका प्रतिनिधि हुन् ।’ चोग्याल थप कुरा गर्न चाहन्थे तर इन्दिरा गान्धी चुप भइन् । इन्दिरा गान्धी आफ्नो मौनतालाई नकारात्मक प्रतिक्रियाका रुपमा प्रयोग गर्न खप्पिस थिइन् । उनी बसेको ठाउँबाट उठिन्, सदस्यमय ढंगबाट मुस्कुराइन् र दुई हात जोडेर नमस्कार गरिन् । चोग्यालका लागि यो इसारा काफी थियो।

रमाइलो त के थियो भने यी तिनै चाेग्याल थिए, जो सन १९५८ मा नजाहरलाल नेहरुको अतिथि भएर दिल्ली गएका थिए र उनको निवास तीनमूर्ति भवनमा बसेका थिए । चोग्याल एक अनौठो व्यक्तिका धनी थिए । उनले कहिल्यै पनि छुट्टै सिक्किमको पहिचानका विषयमा कुनै सम्झौता गरेनन् । जब सिक्किम भारतमा विलयको सुरुवात भयो, चीनले त्यसको तुलना सन १९६८ मा रुसको चेकोस्लोवाकियामा गरेको आक्रमणसँग तुलना गर्यो । त्यसपछि इन्दिरा गान्धीले चीनले तिब्बतमा गरेको आक्रमणलाई याद दिलाइन्।

सिक्किम विलयको सबैभन्दा ठूलो विरोध नेपालमा भयो किनभने सिक्किममा ७५ प्रतिशत जनसंख्या नेपालीमूलका थिए। भारतभित्र पनि यसको विरोध भएको थियो । सिक्किम भारतका विलय हुनुमा राजनीतिक कारण भए पनि भारतीय खुफिया एजेन्सी ‘रअ’ को महत्वपूर्ण भूमिका थियो । रेहान फजल/बीबीसी

Save

Save

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार