स्रो चरणको स्थानीय तहको निर्वाचनको अन्तिम मत परिणाम आइसकेको छ । दोस्रो चरणमा पनि एमालेले पहिलो, काँग्रेस दोस्रो, माके तेस्रो स्थान याथावत राखे ।

दोस्रो चरणको चुनावको मुखैमा नेपाली काँग्रेसका सभापतिदेखि सबै शिर्ष नेताहरुले आफ्नो पार्टी पहिलो हुने दाबी गरेका थिए । पहिलो चरणमा आन्तरिक विवादलाई व्यवस्थापन गर्न नसक्दा दोस्रो स्थानमा झरेको काँग्रेस नेताहरुको दाबी थियो । तर, दोस्रो चरणमा झन् फराकिलो बन्यो । पहिलो चरणमा एमालेले १२५ स्थानीग तह जित्दा काँग्रेसले १०५ जितेको थियो तर दोस्रो चरणमा भने एमालेले १५२ स्थानीय हात पार्दा काँग्रेसले मात्र १२२ जित्यो ।

त्यस्तै माओवादी केन्द्रको लागि पनि दोस्रो चरण त्यति सुखद् भएन । पहिलो चरणमा ४६ स्थानीय तह जितेर खुशी मनाएको माकेले दोस्रो चरणमा ३८ मै सिमित भयो ।

दोस्रो चरणमा धेरै स्थानीय तह भएका कारण पनि केही साना पार्टीले पनि लाज ढाकेका छन् । पहिलो चरणमा १ स्थानीय तह जितेको नायँ शक्ति–फोरम गठबन्धनले दोस्रो चरणमा भने ८ स्थानमा जितेको छ ।

त्यस्तै पहिलो चरणमा १ स्थानीय तहमा चित्त बुझाएको राप्रपाले एक उपमहानगरसहित ४ स्थानमा जितेको छ ।

पहिलो चरणमा निल भएको लोकतान्त्रिक फोरमले ६ स्थानमा सिमित भएको छ । अन्य स्वतन्त्र उम्मेदवारले भने पहिलो चरणमा भन्दा कम जितेका छन् । पहिलो चरणमा ६ जनाले जितेको थिए भने दोस्रो चरणमा ५ जनाले मात्र जित हात पारेका छन् ।

पहिलो चरणमा खाता खोलेका धेरै पार्टीले दोस्रो चरणमा आउट भएका छन् । मोहनविक्रम सिंहको राष्ट्रिय जनमोर्चा बाहेक मोहन वैद्यको देशभक्त जनगणतान्त्रिक मोर्चा, नारायणमान विजुक्छेको मजदूर किसान पार्टी दोस्रो चरणमा निल भएका छन् । जनमोर्चा पनि तीन ओटामा समिति भएको छ । उसको दाबीलाई हेर्ने हो भने निल भन्‍न पनि सकिन्छ ।

पहिलो चरणमा वडामा जित्त बुझाएको देजमोले दोस्रो चरणसम्म पुग्दा पूरै निल भएको छ । पहिलो चरणमा दुई स्थानीय तह जितेको जनमोर्चाले पनि दोस्रो चरणमा निल भएको छ । त्यस्तै पहिलो चरणमा भक्तपुर महानगरमा सानदार जित हासिल गरेको विजुक्छेको पार्टी पनि दोस्रो चरणमा निल भएको छ । पहिलो चरणमा खाता खोल्न नसकेको सीपी मैनालीको नेकपा (माले) का उम्मेदवारलहरु दोस्रो चरणकोमा वडामा समेत प्रतिस्पर्धामै आउन सकेनन् ।

बामपन्थी अान्दोलनमा मोहन वैद्य, मोहनविक्रम सिंह,सीपी मैनाली र नारायणमान विजुक्छेको भूमिका ठूलो छ । उनीहरुले परिवर्तनको लागि ज्यानको बाजी लगाएका थिए । नेपाली नेताहरुमा तुलनात्मक रुपमा इमान्दार पनि हुन् तर मतदाताहरुले सिमित क्षेत्रमा खुम्च्याइदिएका छन् । अझ विडम्बना त सीपी मैनालीको पार्टीले खाता खोल्न सकेन । चुनावले उनीहरुको राजनीति समानुपातिक र परिवारमा समिति हुने देखाएको छ ।

अब चुनाव हुन बाँकी एउटा प्रदेशमा अहिले निल भएकाहरुको कसैको पनि जित्ने आधार छैन । तेस्रो चुनाव हुने २ नम्बर प्रदेशमा एमाले, राजपा, काँग्रेस मुख्य प्रतिस्पर्धी हुनेछन् भने पछिपछि माओवादी केन्द्र पनि आउने देखिन्छ ।

चुनावको परिणामले पार्टीको नीति कार्यक्रमलाई जनताको बीचमा कसले कसरी लग्यो भन्ने देखाएको छ ।

अनलाइनडबलीबाट ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार