
“अधिभूतवादको विपरित द्वन्द्ववादको सामान्य स्वरुपलाई अन्तरसम्बन्धको विज्ञानको रुपमा विकसित गर्नुपर्दछ । त्यसकारण प्रकृति र मानव समाजको इतिहासबाट नै द्वन्द्ववादको नियमहरु निकालिन्छन् । ती अरु केही नभएर स्वय विचार जस्तै यी दुइ ऐतिकासिक विकासका अति सामान्य नियमहरु हुन् । तिनीहरुको मुख्यत ः तीन नियममा छुट्याउन सकिन्छ ः (१) मात्राको गुणमा रुपान्तरण तथा त्यसको विपरित ः (२) विपरितहरुको अन्तरभेदन ः (३) निषेधको निषेध”
–एङ्गेल्स, प्रकृतिको द्वन्द्ववादमा द्वन्द्ववाद १८७९ कार्लमाक्र्स–फ्रेडरिक एङ्गेल संकलित रचना ग्रन्थ २५, पृ. ३५६, अंग्रजी संस्करण प्रगति प्रकाशन मास्को ।
“संक्षिप्तमा द्वन्द्ववादलाई विपरितहरुको एकताको सिध्दान्तका रुपमा परिभाषित गर्न सकिन्छ । यसैमा द्वन्द्ववादको सार समावेश छ, तर यसले व्याख्या र विकासको माग गर्दछ ” लेनिन, द्वन्द्ववादका तत्वहरु–१९१४, दार्शनिक बोटबुक, प्रगति प्रकाशनद्धारा अंग्रेजी १९८१ मा प्रकासित ग्रन्थ ४५ मा ग्रन्थ ३८, पृ. २२२ ।
“एङ्गेल्सले तीन नियमको कुरा गर्नुभएको छ, तर म चाहिँ तीमध्ये दुईवटामा विश्वास गर्दिन । विपरितहरुको एकता नै सबभन्दा आधारभूत नियम हो । गुण र मात्राको एक अर्कोमा रुपान्तरण त गुण र मात्रा जस्ता विपरितहरुको एकता हो, निषेधको निषेध त हनै सक्दैन । मात्रा र गुणको एक अर्कामा रुपान्तरण, निषेधको निषेध र विपरितहरुको एकतालाई समान स्तरमा राख्ने हो भने त अदैतवाद होइन, त्रैतवाद हुन्छ”–माओ,
दर्शनशास्त्रको प्रश्नबारे कुराकानी, माओ चुनिएका रचना–पृ.१३७, १९६४, श्रमिक वर्ग प्रचुरानालु हैदरावादबाट १९९४ मा अंग्रजीमा प्रकाशित ।
माक्र्स र एंगेल्सले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको जग हाल्नुभयो । यो वास्तवमा उहाँहरुको पालासम्म विकास भएको मानव ज्ञानको जब्बर जग थियो । माक्र्सले उहाकै शब्दमा टाउकोले टेकेर उभिएको द्वन्द्ववादलाई खुट्टाको बदलामा उभ्याइदिनु भयो । यसको अर्थ परम विचारले उभिएको द्वन्द्ववादलाई भौतिकमा उभ्याइदिनु भयो । त्यसकारण यो सिद्धान्त द्वन्द्ववाद मात्र होइन, बरु भौतिकवादी द्वन्द्ववाद हो ।
द्वन्द्ववाद मात्र भएको भए बढी तर्कनावाद मात्र हुन जान्थ्यो । भौतिकवादी द्वन्द्ववाद भएकोले तथ्यमा आधारित तर्क गर्न मात्र यसलाई छुट छ । समग्र कम्युनिष्ट दर्शनको कुरा गर्दा हाम्रो दर्शन भौतिकवाद मात्र होइन । भूत धातुको विशेषण भौतिक भएकोले र भूत माने पदार्थ यसको आधार आदि भएकोले यसलाई भौतिकवाद भनिन्छ । भूत एवं पदार्थलाई हेर्ने विश्व दृष्टिकोण द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवाद रहेको हो । अहिले पत्ता लागेको पदार्थको सुक्ष्म रुप क्वार्क (कणिका)देखि ब्रहण्डसम्मका पदार्थलाई विश्लेषण गर्ने विधिको नाम द्वन्द्ववाद र ऐतिहासिकता हो ।
यहाँ हामीलाई परेको समस्या के हो भने माक्र्स–एंगेल्स, लेनिन–स्टालिन र माओले आफ्नो समयसम्म विकास भएका वस्तहरुको आधारमा द्वन्द्ववादका तीन नियमहरुको विकास गर्नुभयो तर हाम्रो समयमा द्वन्द्ववादको विकास गर्नुपर्छ । उहाँहरुले आफ्नो समयमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको विकास गर्नुभएको थियो । उहाँहरुले शोषणमा आधारित पुँजीवादको व्याख्या मात्र गर्नुभएको थिएन, बरु वर्गसंघर्षद्धारा शोषणकारी पुँजीवाद ढालेर क्षमता अनुसार काम गर्ने र आवश्यकताअनुसार लैजाने व्यवस्था वैज्ञानिक समाजवादको खाका खिच्नुभएको थियो ।
लेनिनले सन् १९०० पछिको पुँजीवाद साम्राज्यवादमा विकास भएको स्थिति पत्ता लगाई त्यसका विरुद्ध क्रान्ति गर्नुभएको थियो. । रुसमा पहिलाें वैज्ञानिक समाजवादी देशको विकास भयो । त्यसको साथै उहाले भौतिकवादका शत्रुहरुबाट यसको रक्षा गर्दै दार्शनिक संशोधनवाद माथि हमला गरी जुझारु भौतिकवादको विकास गर्नुभएको थियो । जसरी माक्र्स–एंगेल्सले मानव समाज र प्रकृतिबाट नियमहरु पत्ता लगाई तदनुरुप समाजलाई बदल्नुभएको थियो तदनुरुप लेनिन र स्टालिनले आफ्नो समयमा विकास भएको समाज र प्रकृति विज्ञानका नियमहरु अनुसार अक्टोवर क्रान्ति गर्नुभएको थियो ।
लेनिनले भौतिक विज्ञानमा पत्ता लागेका नियमहरुलाई ‘भौतिकवाद र अनुभवसिद्ध आलोचनामा’ विकास गर्नुभएको छ । ‘पदार्थ लोप भयो’ भन्नेहरुलाई पदार्थ लोप भएकोे होइन, बरु माखहरुको ज्ञानको सीमा लोप भएको हो भन्ने जवाफ दिनुभएको थियो । द्वन्द्ववादको विकास गर्न सन् १९१४–१६ सम्म लेनिनले दार्शनिक टिप्पणीको श्रृंखला तयार पार्नुभयो । उहाले द्वन्द्ववादका सोह्र तत्वहरुको नोट गर्दै यसको सार विपरितहरुको एकता नै हो, तर यसको व्याख्या र विकासको आवश्यकता छ भन्नुभएको छ ।
अक्टोवर क्रान्तिको तयारी, अक्टोवर क्रान्ति र क्रान्तिद्धारा प्राप्त परिणमलाई व्यवस्थित गर्नुभयो । महान् कार्यभार र पार्टी भित्तैबाट उक्साइएको समाजवादी नामक प्रतिक्रान्तिकारी महिलाद्धारा गोली प्रहार भएपछि विरामी पनि हुदैँ गएकोले द्वन्द्ववादको व्याख्या र विकास गर्न भ्याउनु भएन । द्वन्द्ववादको विकास गर्ने कार्यभार स्टालिन र माओको काँधमा आएको थियो । स्टालिनले वैज्ञानिक समाजवादको रक्षा र विकास जटिल कार्यभारले गर्दा भ्याउनु भएन । अन्तत ः यसको विकास गर्ने कार्यभार माओकै काँधमा आयो ।
माओले खासगरी धनिभूत वर्गसंघर्ष तथा अन्तरसंघर्ष प्रक्रियामा १९३७ मा ‘व्यवहारबारे र अन्तरबिरोधबारे’, १९३८ मा ‘द्वन्द्वात्मक भौतिकवाद’ १९५७ मा ‘जनताहरुविचका अन्तरविरोधहरुको सही संचालनबारे’ १९५९ मा ‘द्वन्द्ववादका उदाहरणहरु’ १९६३ मा ‘सही विचार कहाँबाट आउँछ’ ? र १९६४ मा ‘दर्शनशास्त्रका प्रश्न्हरुबारे कुराकानी’ लेख्नुभएको थियो । अन्तरसंघर्ष र वर्गसंघर्षका जीवनानुभूतिबाट संश्लेषित भएको हुनाले माओको दार्शनिक रचनाहरु हाम्रो लागि सरल र सुवोध छन् ।
सांस्कृतिक क्रान्तिका प्रक्रियामा दर्शनलाई माआले जनताका बीचमा लिनुभएको थियो । सांस्कृतिक क्रान्तिको कडी माओको मृत्युपश्चात टुटाइएको छ । माओको आविस्कार गरेको सांस्कृतिक क्रान्ति दश वर्षमा टुङ्घिने अभियान होइन, बरु यो त साम्यवाद नआएसम्म निरन्तर चलिरहने क्रान्ति हो । त्यसकारण यसलाई अर्को शब्दमा सर्वहारा अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्ति भनिएको हो । मानिसहरुको विश्व दृष्टिकोणको समस्या समाधान नभएसम्म यो जारी रहन्छ ।
हामी २१ औं शताब्दीको दोश्रो दशकमा छौं । लेनिन, स्टालिन र माओले विश्लेषण गर्नु भएको साम्राज्यवाद ८ जना पुँजीपतिहरुको हातमा केन्द्रित निगम पुँजीवादमा विकास भएको छ । मुठ्ठीभर एकाधिकारवादी केन्द्र (सिन्डीकेट, कार्टेल र ट्रष्टहरु) जनताको प्रकृतिको शोषण गर्न एकीकृत भएका छन् । यसले अर्कोतिर नयाँ उचाईमा विकसित मजदुर र किसानको साथी मध्यमवर्ग हुन बाध्य भएको छ । मध्यमवर्ग निगम पुँजीद्धारा चुसिएको छ । नयाँ उचाइँमा विकसित मजदुर र किसानसँग नमिलिकन मध्यमवर्गले निगम पुँजीवादको प्राणघातक रोग जुकालाई मार्न सक्ने छैन । त्यसकारण मजदुर, किसान र मध्यवर्ग एकीकृत भएर मात्र निगम पुँजीको अन्त गर्न सकिन्छ ।
दोश्रो कुरा, प्रकृति विज्ञानमा अल्वर्ट आइन्स्टाइनले पत्ता लगाएको सापेक्षताको नियम र म्याक्स प्लांकरेरिक शुरु भएको क्वान्टम सिद्धान्त अथवा हाल यस अन्तर्गत स्टेफन हकिङसम्म आइपुग्दा यति कुरा पत्ता लाग्यो र फेरि पनि पत्ता लगाउन बाँकी रहन्छ भन्ने अनिश्चयताको सिद्धान्तको एकताबाट एकीकृत भौतिकशास्त्र बनाईएको छ । यहाँ हामी स्टेफन हकिङलाई उध्दृत गरौं–आजसम्म अधिकांश वैज्ञानिकहरु यो ब्रह्माण्ड किन रहेको छ, ब्रह्माण्ड के हो ? भन्ने जिज्ञासाको सन्तुष्टिको लागि नयाँ–नयाँ सिद्धान्तको विकासमा अत्याधिक व्यस्त रहेका छन् । अर्कोतिर, ती दार्शनिक गण जसको काम नै आखिर यो ब्रह्माण्डको अस्तित्व किन रहेको छ भनेर प्रश्न उठाउनु हो, उनीहरु किन वैज्ञानिक सिद्धान्तको विकाससँगै कदममा कदम मिलाएर अघि बढ्न सकेका छैनन् ।
अठारौं शताब्दीमा दार्शनिक गणले विज्ञानसहित समस्त मानव ज्ञानलाई आफ्नो चिन्तन क्षेत्र ठान्दथे र के ब्रह्माण्डको उत्पत्ति हो ? जस्ता प्र्रश्नहरुबारे परिचर्चा गर्दथे । जे होस् उन्नाइसौं तथा बीसौं शताब्दीमा धेरै नै थोरै विशेषज्ञलाई छोडेर सबै दार्शनिक र अरु मानिसहरु लागि विज्ञान अत्याधिक प्राविधिक र गणितीय भएको छ । दार्शनिकहरुले आफ्नो अन्बेषणको कार्यक्षेत्रलाई यति सानो बनाएका छन् कि यस शताब्दीका सबभन्दा प्रसिद्ध दार्शनिक विटगेन्स्टिनले भनेका थिए – ‘दर्शनशास्त्रका लागि एक मात्र शेष कार्य भाषा विश्लेषण हो । अरस्तु र कान्टबाट शुरु भएको तत्व मिमांसाको महान् परम्परामा यो कस्तो पतन †’
जे भए पनि, यदि हामीले पूर्ण सिद्धान्तको खोजी ग¥यौं भने पनि त्यो केही वैज्ञानिकहरुसम्म सीमित हुने छैन, बरु केही समयको अन्तरालमा यो एक विस्तृत एंव स्पष्ट सिद्धान्तका रुपमा प्रत्येक व्यक्तिको लागि बोधगम्य हुनु पर्नेछ । त्यसपछि हामी सबै दार्शनिक, वैज्ञानिक र सर्वसाधारण जनता आखिर हाम्रो र ब्रह्माण्डको अस्तित्व किन रहेको छ भन्ने प्रश्नको परिचर्चामा सहभागी हुन सक्नेछौं । यदि हामीले यो जिज्ञासाको उत्तर प्राप्त ग¥यो भने यो मानव तर्क शक्तिको अन्तिम विजय हुनेछ । (स्टेफन हकिङ, समयको संक्षिप्त इतिहास, पृ.१८४) ।
माथि उध्दृत उद्धाहरण एउटा भौतिकशास्त्रका वैज्ञानिकले दार्शनिक सामू खडा गरेको गम्भीर चुनौती हो । उनको एकीकृत भौतिकशास्त्रलाई द्वन्द्ववादको विकासका रुपमा ग्रहण गर्न जरुरी छ । सापेक्षता र निरपेक्षता जस्ता दुई विपरितको एकताका रुपमा लिनुपर्छ । प्रकृति विज्ञानको यो विकासलाई समाज विज्ञानमा सश्लेषण गरेर लागू गर्नुपर्छ ।
आफ्नो एकीकृत सिद्धान्तका विषयमा हकिङ भन्दछन् – ‘आइन्स्टाइनले एकीकृत सिद्धान्तको खोजमा आफ्नो पछिल्ला वर्षहरु गुमाए, तर त्यो समय यसको लागि परिपक्व थिएन । गुरुत्व तथा विद्युत–चुम्वकीय बलको लागि आंशिक सिद्धान्त थियो, परन्तु, नाभिकीय बलको बारेमा धेरै कम ज्ञान थियो । यस अतिरिक्त आइन्स्टाइनले क्वान्टम यान्त्रिकीको विकासमा आफ्नो महत्वपूर्ण भूमिकाका बावजूद यसको वास्तविकतामा विश्वास गर्न अस्वीकार गरेका थिए । तर पनि यस्तो प्रतीत हुन्छ कि अनिश्चयताको सिद्धान्त हामी रहने ब्रह्माण्डको एउटा मूलभूत अभिलक्षण हो । अतः एउटा सफल एकीकृत सिद्धान्त आवश्यक रुपमा समाविष्ट हुनुपर्छ ।’
‘…यस्तो एकसिद्धान्त पाउने अवसर अब काफी राम्रो भएको छ किनभने अब ब्रह्माण्डको बारेमा हाम्रो ज्ञानको सीमा काफी विस्तृत भएको छ ।’ उही (स्टेफन हकिङ, समयको संक्षिप्त इतिहास, पृ.१८४)।
सामान्य सापेक्षताको विपरीत अनिश्चितताको निरपेक्ष रुपमा ज्ञानको विकास हुने सिद्धान्तको एकीकरणले दर्शनशास्त्रमा पनि क्रान्ति नै ल्याउने छ ।
तेश्रो कुरा, प्रकृति विज्ञानको यो क्रान्तिले प्रविधिमा पनि बहुआयामिक तथा एकीकृत प्रविधि हाम्रो सामू आएको छ । त्यसको परिणाममा आज हाम्रो कम्प्यूटर र चलायमान स्वायन्त्र (ःयदष्भि (एजयलभ) बहुउद्देश्यीय बनाएको छ । रेडियो, घडी, कुराकानी, अखबर, दुरदर्शन (त्भभिखष्कष्यल), गणक टर्चलाइट, क्यामेरा लगायतका चीजहरु, मोबाइल सेटमा राखिएको छ । यहाँ बहुआयामिक चिजहरुको एकत्व भएको छ ।
चौथो कुरा, आज केही मानिसहरुले विज्ञान तथा प्रविधिको विकास प्रक्रियामा मानिसको चेतना र सफ्टवेयरबीचको भिन्नता लोप भएको, सफ्टवेयर स्वचालिकरणमा गएकोले यसलाई चेतनाले नियन्त्राण गर्न सक्तैन, पदार्थ फेरि लोप भयो भन्ने प्रश्न उठाएका छन् । हाम्रो जवाफ के छ भने चेतना पदार्थकै विकसित स्थिति हो । सफ्टवेयर मानिसको चेतनाद्धारा निर्मित र परिचालित छ । मानिसको कुनै न कुनै भूमिका बिना सफ्टवेयर स्वचालित हुन्छ भन्नु दर्शनको कम ज्ञान भएका मानिसलाई छक्काउने कुरा मात्र हो । अनिश्चितताको सिद्धान्त र सफ्टवेयरको स्वचालिकरणको विकासबाट आदर्शवाद घुस्ने कोशिस गरिरहेको भएता पनि त्यो अन्तत असफल हुनेछ । मानिसले सफ्टवेयर बनाएको हो र सफ्टवेयरले मानिस बनाएको होइन । मानिसले सफ्टवेयर नियन्त्रण गर्दछ । सफ्टवेयर अन्तत ः विद्युतीय शक्ति नलिइकन चल्दैन अथवा ब्याट्री नभइकन चल्दैन ।
माथि उल्लेखित विकासमा नै हाम्रो कार्यदिशा एकीकृत जनक्रान्ति आधारित छ । यहाँ आएर सर्वहारा तथा श्रमजीवी वर्ग र निगम पुँजीद्धारा चुसिएको मध्यमवर्ग बीच पनि एकीकृत भएको छ । यो एउटाले एकीकृत रुपमा आएको निगम पुँजीवादलाई शुत्रतापूर्ण संघर्षका रुपमा लिएको छ र विपरितहरुको एकता र संघर्ष मित्रतापूर्ण र शत्रुतापूर्ण दुवै हुन्छ । आजको मित्र भोलिको शत्रु हुनसक्छ र आजको शत्रु भोलिको मित्र हुनसक्छ । यो त द्वन्द्ववादको नियम नै हो । कार्य विभाजित समाजमा शोषक र शाषितबीचको अन्तरविरोध वर्गसंघर्षद्धारा मात्र समाधान हुन्छ भने पार्टीभित्रको मैत्रीपूर्ण संघर्ष अन्तरसंघर्षद्धारा समाधान हुन्छ ।
विपरितहरुको एकता र संघर्षको नियमलाई पार्टीभित्र लागू गर्दा माओवाद लागू गर्नुपर्छ । हाम्रो पार्टीले भनेको पार्टीभित्र सजातिय विपरितहरुको संघर्ष हुनुपर्छ । पार्टी विपरितहरुको एकता हो भन्ने नाममा बाबुराम जस्ता विजातीय तत्वलाई पालिराख्ने कामले प्रचण्डलाई कहाँ पु¥याएको छ भन्ने कुरा बुझ्नु पर्दछ । बाबुराम वास्तवमा फ्रान्सिस फुकुयामाको किताब ‘इतिहासको अन्त र अन्तिम मान्छे’ का अन्तिम मान्छे हुुन् ।
हाम्रो पार्टी नेकपा (माओवादी)ले क्रान्तिको झण्डा नउठाएको भए नेकपा (माओवादी)को अन्त गरी नवउदारवादी प्रजातन्त्रका रुपमा उनी अन्तिम मान्छे हुन चाहेका थिए । संविधानसभाको चुनावबाट नयाँ संविधान बनाउने भन्दै प्रचण्डलाई उनले भारतीय लाकतान्त्रिक गणतन्त्रमा आत्मसमर्पण गराए । उनले प्रचण्डलाई बनिबनाउ राज्यसत्तामा राखेर आफू अन्तिम मान्छेका उत्तराधिकारी भए । आज प्रचण्ड र बाबुराम दुवै आर्थिक क्रान्तिको भाषण फलाक्दै पुरानै राज्यसत्ताका पहरेदार भएका छन् ।
हामीले दर्शनमा विकास गर्ने भनेको विपरितहरुको एकता र संघर्षको पार्टीभित्र सजातीय तथा सहवर्गीय विचारहरुबीच अन्तरसंघर्ष र रुपान्तरण, समाजमा मजदुर र किसानसबीच, तल्लो संगठनबीच, नेता र कार्यकर्ताबच, सिद्धान्त र व्वहारबीचको मैत्रीपूर्ण संघर्ष र रुपान्तरण हो । मैत्रीपूर्ण एकता र संघर्षले रुपान्तरणमा लैजान्छ भने शत्रृुतापूर्ण एकता र संघर्षले फुटमा लैजान्छ । जानि जानिकन हामी अबका दिनमा पार्टीभित्र विजातीय शोषक वर्ग पाल्न चाहन्नौ । मित्रतापूर्ण संघर्ष र रुपान्तरणका लागि हामी जनवादी केन्द्रियतालाई तथा आलोचना र आत्ममालोचनाको पद्धतिलाई अभ्यास र विकास गर्न चाहन्छौं ।
विपरितहरुको एकता र संघर्ष नै गतिको श्रोत हो । पार्टीभित्र विपरितहरुको एकताले नै गति र विकास हुन्छ । आज सापेक्षताको सिद्धान्तबीचको एकता बिगार्न आदर्शवादले अनिश्चिताको सिद्धान्तलाई यो दुनियाँ अवोधगम्य छ भन्ने कुरामा भुमित पार्न चाहन्छ । यसमा शोषकवर्गको अनवरत प्रयास रहेको छ । हामी यहाँ सतर्क रहन जरुरी छ । दिमागले सफ्टवेयरलाई नियन्त्रण गर्न सक्तैन भन्दै त्यसलाई चलाउन परमात्मा ल्याउने योजनासहित साम्राज्यवादी आदर्शवादका भाटहरु अहोरात्र खटेका छन् ।
अद्वैतवादलाई विस्थापित गर्न अकाट्य नियम भएकोले विज्ञानलाई मान्ने र वर्गका कारण आदर्शवाद त मान्नैपर्ने कारण द्वैतवाद आएको छ । जनतालाई निराश पार्ने इतिहासको अन्त, महावृत्तान्तको अन्त, सस्कृतिको अन्त भन्ने र विकल्पका रुपमा उदारवादी प्रजातन्त्रको पहरेदार उत्तर आधुनिकतावाद पनि आएको छ ।
हाम्रो पार्टी यी दार्शनिक कुडाकर्कट सफा गर्दै आठौं महाधिवेशनबाट एकता–संघर्ष–रुपान्तरणको उद्देश्यकका लागि द्वन्द्ववादको विकास खोजेको छ । यसको नयाँ उचाईमा आज पनि लेनिनले भने झैं व्याख्या र विकासको आवश्यकता छ ।







