
नेपाली पक्षले कागजी प्रक्रिया पूरा गरे निकासी नरोक्ने बताएको भारतीय पक्षले ‘सर्भर बिग्रिएको’ कारण देखाउँदै नेपाली अदुवाको भन्सार जाँचपास गर्न अस्वीकार गरेको छ । भारतीय अनिच्छाका कारण काँकडभिट्टाको मेचीभन्सार परिसरमा अदुवा बोकेका ६० भन्दा बढी ट्रक थन्किएका छन् ।
मंगलबार दिनभरजसो नै ट्रकथपिने क्रमजारी रह्यो । तर, भारतीयपक्षले निकासी प्रक्रिया अघि बढाउन इच्छा नदेखाउँदा लामो समयदेखि नाकामा थन्किएका अदुवा कुहिने अवस्थामा पुगेका छन् ।
‘३५ वटाभन्दा बढी ट्रक यहाँ थन्किएको १०दिनभन्दा बढी भयो,’ सातदिनदेखि नाकामा अलपत्र ट्रकका चालक दिपक तामाङले भने, ‘धेरै ट्रकको अदुवा कुहिन थालेको छ । बाहिरैसम्म गन्हाउन थालिसक्यो ।’ उनका अनुसार अहिले भन्सार परिसरमा दुई सयभन्दा बढी यातायात मजदुरको बिचल्ली छ।
निर्यातकर्ताले जुनसुकै बेला ट्रक भारततिर लैजानुपर्ने भएकाले मजदुरलाई घर जानदिएका छैनन् । ‘तर, आजै हुन्छ, भोलि हुन्छ भन्दाभन्दै यहाँ रोकिएको १२ दिनपुग्यो,’अर्का ट्रक चालक नरेश मगरले भने, ‘ट्रकमा राखेको अदुवाकुहिसक्यो खै कहिले खुल्छ बिजोग भइसक्यो ।’
उनकाअनुसार गएको शनिबारदेखि नै अदुवाखुल्ने कुरा थियो । तर, भारतीयभन्सारले दिनैपिच्छे सर्भर बिग्रेको कारण देखाएर कागजीप्रक्रिया नै अघि बढाएको छैन ।
भारतीयपक्षले अदुवा नरोक्ने सार्वजनिकअभिव्यक्तिदिएलगत्तैदेखि निकासीकालागि ठिक्क पारिएकाअदुवाका ट्रक धमाधम मेचीभन्सार परिसरमाथुप्रिएकाथिए । सोमबार साँझ पानीट्यांकी भन्सारमा कुरा बुझ्नगएको नेपालीनिर्यातकर्ताको टोलीलाई भन्सार अधिकारीले मंगलबारदेखि निकासीखुलागरिदिने वचनदिएका थिए ।
भारतीयपक्षको यहीभनाइकाआधारमै निर्यातकर्ताले अदुवाको थपट्रक बोलाएकाथिए। तर, मंगलबार बिहानैदेखि पानीट्यांकी भन्सारले आफ्नो सर्भर फेरि बिग्रेको भन्दै प्रक्रियासुरु गर्नै आनाकानी गरेको छ । भारतीयपक्षको यस्तो रवैयाले नेपालीपक्ष संशकितबनेको छ । ‘हिजो अस्तिसम्म त जिएसटीकै कारण रोकिएको होला जस्तो लागेको थियो,’ एकजनानिर्यातकर्ताले भने, ‘अबचाहिँभारतले नियतवश रोकेको हो जस्तो लाग्नथालेको छ । दिनैपिच्छे सर्भर बिग्रेकोबहानाहुनथालेको छ ।’
उनकाअनुसार सुरुका केहीदिन पानीट्यांकी भन्सारले ‘नेपालीअदुवाआयातकर्ताको जिएसटी कोड’ आइनसकेको भन्दै रोकेको थियो । अहिले भने दिनैपिच्छे सर्भर बिग्रेको कारण देखाइरहेको छ ।







