काठमाडाैं । माओवादी केन्द्रमा लिलामणि पोखरेलले गरे प्रचण्डको धुँवादार विरोध गरेका छन । स्राेतका उनले भनेका छन् “प्रचण्डबिना पात पनि हल्लिँदैन भन्ने कुरा नगरौँ ।”
नेकपा माओवादी केन्द्रकाे पार्टी मुख्यालय पेरिसडाँडामा जारी केन्द्रीय सचिवालयको विस्तारित बैठकमा बहस सिर्जना भएको हो ।
तत्कालीन नेकपा माओवादीले जनयुद्धकालमा ‘प्रचण्डपथ’लाई पार्टीको पथप्रदर्शक सिद्धान्त मानेको थियो । २०६५ सालमा तत्कालीन नेकपा (एकताकेन्द्र–मसाल)सँग पार्टी एकता गर्दा प्रचण्डपथलाई स्थगन गरिएको थियो ।
जारी सचिवालयको बैठकमा बुधबार नेता अग्नि सापकोटाले प्रचण्डपथलाई पुनःस्थापित गर्नुपर्ने धारणा राख्नुभएको थियो । लगत्तै सचिवालय सदस्य लीलामणि पोख्रेलले घुमाउरो भाषामा यसको विरोध गर्नुभएको एक सचिवालय सदस्यले बताउनुभयो ।
नेता सापकोटाले देशको राजनीति अहिले पनि प्रचण्डकै वरिपरि घुमिरहेको भन्दै प्रचण्डपथलाई पुनः स्थापित गर्दा पार्टी सङ्गठन सुदृढ हुनुका साथै सबै विषयलाई आफ्नो कमान्डमा ल्याउन सकिने बताउनुभएको थियो ।
‘हिजो प्रचण्डपथ हटाउनु हुँदैन थियो । यो छाड्नाले गल्ती भयो,’ बैठकमा सापकोटाले राख्नुभएको धारणा उद्धृत गर्दै एक नेताले भन्नुभयो, ‘यो विज्ञान हो । अहिले पनि देशको राजनीति प्रचण्डकै वरिपरि घुमिरहेको छ । त्यसैले प्रचण्डपथलाई पुनः स्थापित गर्नुपर्छ । ’
सापकोटाले श्रीमती सीता दाहालको उपचारको लागि प्रचण्ड बैङ्कक जाँदा नेपाल नै त्यता गएजस्तो देखिएको उदारहण दिँदै प्रचण्डपथ पुनःस्थापित भए पार्टीले गति लिने बताउनुभएको थियो ।
उहाँले यसैको आलोकमा चुनावी परिणाम आफ्नो पक्षमा पार्दै सङ्गठन मजबुत पार्न सकिने बताउनुभएको थियो । सापकोटाको धारणाप्रति घुमाउरो भाषामा विरोध जनाउँदै पोख्रेलले प्रचण्डबिना पात पनि हल्लिँदैन भन्नेगरी परिभाषित गर्न नहुने बताउनुभएको थियो ।
पार्टी रूपान्तरण र कार्ययोजनाको सही कार्यन्वयन मुख्य विषय भएको भन्दै उहाँले प्रचण्डपथ जुन दिनदेखि छाडियो त्यही दिनदेखि हार्न थालियो भन्ने विश्लेषण ठीक नभएको बताउनुभयो ।
पोख्रेलले पार्टी एकीकरणलाई भाग खान आएको भनेर परिभाषित गरिएको भन्ने आरोप लगाउँदै यस्तो प्रवृत्तिले सङ्गठन बलियो नबनाउने बताउनुभएको थियो ।गोरखापत्र दैनिकले समाचार छापेको छ ।







