कम्युनिष्ट पार्टी अफ चाइनाका उच्च अनुशासन निरीक्षकका अनुसार दुई लाख १० हजार जना अधिकारीलाई अनुशासन उल्लङ्घनको कारबाही भएको छ ।

सन् २०१७ को छ महिनाभित्र यति ठूलो सङ्ख्यामा अनुशासन उल्लङ्घनको सजाय भएको सिपीसीले जानकारी दिएको छ ।

यो तथ्याङ्क कम्युनिष्ट पार्टी अफ चाइनाको अनुशासन समितिले बिहीबार सार्वजनिक गरेको बेइजिङबाट प्राप्त समाचारमा जनाइएको छ ।

यस प्रकार अनुशासनको सजाय भोगेका व्यक्तिहरुमा ३८ जना प्रान्तीय अर्थात मन्त्रीस्तरीय र एक हजारभन्दा बढी जिल्लास्तरका तथा आठ हजार चार सयभन्दा बढी गाउँस्तरका अधिकारी रहेका छन् ।

सिपीसीले सन् २०१६ मा चार लाख १५ हजार व्यक्तिलाई अनुशासन उल्लङ्घनको कारबाही गरेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार