
माओवादी केन्द्रमा नारायणकाजीले ‘चरम गुटबन्दी’ गरेको गोपाल किराँतीको आरोप लगाएका छन् ।
किराँतीले सामाजिक सञ्जालमा यस्तो लेखेका छन् – महान् जनयुद्धलाई ‘सामाजिक फासिवादी’ भन्ने र ‘जनयुद्धमा बगेको रगत महिलाको रजस्वलामा बगेको रगत बराबर हो’ भन्ने नेताको जघन्य अपराधविरुद्ध जबसम्म सार्वजनिक आत्मालोचना गरिदैन, तबसम्म स्पष्टीकरण दिइरहनैपर्दछ ।
माक्र्स–एङ्गेल्सले बन्दुक बोक्नुभएन, तर पेरिस कम्युनमा बगेको रगतलाई त्यसरी प्रतिक्रियावादी टिप्पणी गर्नुभएन, भनेर हेक्का राख्नुपर्दछ । अझ गिरिराजमणिलाई कथित सक्षमताको वहानामा आजीवन मन्त्री बनाउने माग माक्र्सवादी नभएर, सिधा सामाजिक डार्बिनवाद हो । जुन गुटबन्दीको चरम अभिव्यक्ति हो, भनेर बुझ्नुपर्दछ ।







