काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य कमरेड आजादले कलाकार क्षेत्रले आफूलाई पनि धेरै आकर्षित गरेको तर आफू कलाकार बन्न नसकेको कुरा बताउँदै हामीले सांस्कृतिक पृथक सांस्कृतिक धारा बनाउनुपर्ने आवश्यकतामा जो दिनुभएको छ । कमरेड आजादले प्रमुख अतिथिका रुपमा बोल्दै आज एक महिने विधागत प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उक्त कुरा बताउनुभएको हो ।

अहिले साम्रज्यवादले कला संगीतमा विकृति ल्याएको बताउनुहुँदै क. आजादले हामी समग्र हो, त्यसैदल हाम्रा सीपहरू पनि समग्रमा उठाउनुपर्छ भन्नुभयो । लोकदोहोरीमा विकृति आएको कुरा बताउनुहुँदै आजादले जनताको संस्कृतिको विकासमा हामी लाग्नुपर्ने र हाम्रो गीत–संगीतमा लाखौंलाख एकैपटक नाच्न र गाउन सक्ने कलाको विकास गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो । हामी बोल्सेभिक हुनुपर्ने कुरामा जोड दिदै आजादले सिंहदरबार विकृति र भ्रष्टाचारको केन्द्र भण्डार भएकोले त्यसलाई ध्वस्त पार्नु आजको आवश्यकता बनेको कुरामा जोड दिनुभएको थियो ।

त्यसैगरी, उद्घाटन कार्यक्रममा अतिथिका रूपका बोल्दै अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव खेम थपलियाले सामना सांस्कृतिक परिवार स्थापनाकालदेखि निरन्तर क्रान्ति, क्रान्तिकारी विचार र क्रान्तिकारी नेतृत्वको पक्षमा उभिँदै आएको स्मरण गर्नुहुँदै अबको एकीकृत जनक्रान्तिमा यसको भूमिका अझ बढेको गएको बताउनुभयो ।

त्यसैगरी, वरिष्ठ कलाकार महेश गोदारले कलाकारिताका विभिन्न पक्षमा चर्चा गर्नुहुँदै नेपालका जनताका कलाकारको दयनीय अवस्थामा परिवर्तन आउनुपर्ने कुरामा जो दिनुभएको थियो ।

उक्त कार्यक्रममा चर्चित जनगायक तथा अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य रमण थामी, नृत्य प्रशिक्षक सन्तोष गुरुङ, बादल–तबला प्रशिक्षक असल वाइबालगायतको उपस्थिति रहेको थियो ।

अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रीय कोषाध्यक्ष तथा जनकलाकार आरोह नेपालीको उद्घोषण तथा अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य तथा जनकलाकार बुद्ध लामाकाे अध्यक्षतामा सञ्चालित उक्त विधागत प्रशिक्षण एक महिनासम्म सञ्चालन हुनेछ ।
आयोजक सामना परिवारका अनुसार प्रशिक्षणमा नृत्यमा महेश गोदार, लोक–नृत्यमा एम गुरुङ, नृत्य फ्री स्टाइलमा सन्तोष गुरुङ, मादल–तबलामा असल वाइबा, सेलोमा प्रेम लोप्चनले प्रशिक्षण दिनुहुनेछ ।

अखिल नेपाल जनसांस्कृतिक महासंघअन्तरगत रहेको केन्द्रीय टोली सामना परिवारको विभिन्न विधामा एक महिने चन्द्रबहादुर सिंह ‘क. सनराइज’ एक महिने विधागत प्रशिक्षणसँगै विभिन्न साहित्यिक तथा सांस्कृतिक विधासँग सम्बन्धित स्कुलिङ हुने कुरा पनि बताइएको छ ।

Save

Save

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार