
फिलिपिन्समा माओवादी र सरकारी सेनाबीच भएको लडाइँमा ११ सरकारी सेनाको मृत्यु भएको छ भने १० घाइते भएका छन् ।
यही जुलाई १६ को ५ ३० मा माओवादी सेना न्यु पिपुल्स आर्मीका जेबोन्गा पेनिनस्ला रिजनल अपरेशन कमाण्डको एम्बुसमा परेर सरकारी सेनाको निधन र घाइते हुन पुगेका हुन् ।
सोही भिडन्तमा माओवादी सेनाका ५ जना घाइते भएका छन् ।
अहिले पछिल्ला दिनमा सरकारी पक्ष र माओवादी पार्टीबीच युद्धविराम भंग भएको अवस्था छ । सरकारले विद्रोही पक्षको एजेण्डालाई गंभीरतापूर्व नलिएपछि दुवै पक्ष आमनेसामने भएका छन् ।







