काठमाडाैं । गृह प्रशासनको हिरो हुने गरी काम गर्छु भनेर चर्का भाषण गर्ने गृहमन्त्री जनार्दन शर्माको काम भने ठिक विपरित छ । प्रहरीमा जथाभावी दरबन्दी थप्नेदेखि भ्रष्ट प्रहरीहरुलाई बढुवा गर्ने निर्णयका कारण उनी अलोकप्रिय भइसकेका छन् ।
त्यसबाहेक उनी नीतिगत भ्रष्टचारमा समेत संलग्न रहेको भेटिएको छ । उनै प्रस्तावमा गत असार २२ गते बसेको मन्त्रीपरिषदको बैठकले नेपालमा बस्दै आएका शरणार्थीहरुको २ लाख १ हजार ५ सय ५७ अमेरिकन डलर मिनाहा गर्ने निर्णय गरेको थियो ।
मन्त्री भएको एक महिना नबित्दै मन्त्री शर्माले २ करोड जरिवाना मिनाहा गरेर राज्यलाई घाटा पुर्याएका छन् । थप जरिवाना मिनाहाको प्रक्रिया अघि बढिसकेको छ । आजको दृष्टि साप्ताहिकबाट ।







