काठमाडाैं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा मेडिकल उपकरण खरिद र कर्मचारी नियुक्तिमा भ्रष्टचार भएको छ । निवर्तमान स्वास्थ्य मन्त्री गगनकुमार थापाकै निर्देशनमा वीरमा उपकरण खरिदमा करोडौँ रुपैयाँ घोटाला गर्न लागिएको छ ।
मन्त्री थापाको दवावमा मेडिकल माफिया का रुपमा चिनिएका हस्पिटेक इन्टराईजेजका विशाल पण्तिबाट सरकारि दररेट भन्दा चार गुणा बढि मुल्यमा उपकरण खरिद गर्ने तयारी भइरहेको छ । मन्त्री थापाको दबाबमा वीर अस्पतालका पदाधिकारीहरुले उपकरण खरिदमा करोडैँ भ्रष्टचार गर्न लागेको उजुरि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको छ । सार्वजनिक खरिदल ऐनअनुसार काम मुल्यमा प्रस्ताव हाल्ने कम्पनीबाट खरिद गर्नुपर्ने हुन्छ । तर बढि दरमा प्रस्ताव हाल्ने हस्पिटेकका पण्डितबाट उपकरण खरिद गर्न लागिएको छानबिन गर्न माग गर्दै उजुुरी परेको छ । गगन थापालाई ठुलै घुस खुवाएर पण्डितलाई ठेक्का दिन दबाब दिएका छन । ५० करोड पर्ने मेडिकल उपकरणलाई मन्त्री थापाको वीरका पदाधिकारीले ८८ करोड ८१ लाख रुपैयाँमा सेटिङमा टेन्डर हाल्न लगाई स्वीकृत गरेका छन् ।
त्यसै गरि २० कारोड पर्ने टोमाग्राफि मेसिन खरिद टेन्डरमा पनि ४० करोड मुल्य भएको कम्पनीलाई टेन्डर पारिएको छ । ५ करोड ५० लाख पर्ने सिटी स्टिमुलेटरको मुल्य ७ करोड ९९ लाख र ३० करोड मुल्य पर्ने हाइ इण्ड नेभिगेसन सिस्टम भएको इन्ट्रा अपेटिभ सिटिको मुल्य ४० करोड ९० लाखमा टेन्डर स्वीकृत गरिएको छ । दृष्टि साप्ताहिकबाट ।







