नेपाल कम्युनिष्ट पार्टीले सल्यानमा जनताको विकास निर्माणमा आएका योजनाहरुमा भ्रष्टाचार गर्नेलाई कार्वाही गर्ने घोषणा गरेको छ ।

पश्चिमी क्षेत्रमा रहेको तत्कालिन स्वीकोट गाविसमा मंगलबार भएको पार्टीको भेलाले आर्थिक अनियमितता गर्ने, थोरै तथा गुणस्तरहिन काम गरि किर्ते कागज बनाई भ्रष्टाचार भएको भन्दै कारवाही गर्ने निर्णय गरेको हो ।
भेलाले जन भेटघाट भेला गर्दै जनताको हितका लागि कार्य गर्ने निर्णय पनि गरेको छ ।
भेलाबाटै पार्टीले गाउँस्तरिय संगठन निर्माण गरेको छ ।
कुमाखमालिका अन्तरगत वडा नं. १ र २ पर्ने साविकको स्वीकोट गाविसमा अमृत सुनारको अध्यक्षतामा ५० सदस्यीय गाउँ कमिटी निर्माण गरिएको हो ।
पार्टीको स्रेक्रेटरीमा शिलालाल केसी रहेका छन् भने २ वडाका छुट्टाछुट्टै समिति पनि निर्माण गरिएको छ । वडा नं. १ मा पार्टी तथा संगठनको जिम्मेवारी भिमबहादुर रावत र हर्क बस्याललाई दिइएको छ । त्यस्तै, २ नम्बरमा देवबहादुर सुनार, नोखिराम चनारा र गोपाल वि.क.लाई दिइएको छ ।
भेलाले रविन केसीको अध्यक्षतामा ३३ सदस्यीय राष्ट्रिय युवा जनस्वयमसेवक पनि गठन गरिएको छ ।







