काठमाडौं । खगेन्द्र संग्रौलाले प्रचण्डलाई छेपारो र जुवाडे भनेका छन् । उनले भनेका छन्– “कागेमा फेरि प्रधानमन्त्रिको दाउ लागिहाल्छा कि भन्दै जुवाडे प्रचण्डले हिजो प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको मुद्दा नै बेचेर जुवा खेल्न संसदीय जुवाघरमा पलेटी कसेर बसे । आज फेरि त्यही मुद्दा उठाउने रे । हगिसकेपछि दैलो देख्नुको कुनै अर्थ छैन । छेपारोदेखि सावधान !”

यस्तो छ छेपारोको कथा
राती म सुतेपछि मेरो खाटभन्दा माथि टिकटिकटिक गरेर कराउने छेपारो एकदिन मेरो खाट नजिकै भुइँमा उत्तानो परेर पल्टिरहेको देखेँ । मैले उठेर न भाग्छ कि भनेर पल्टिएको छेपारोलाई कुचोको डाँठले यताउति गराएँ, तैपनि उ उठेन ।

यसो राम्रोसँग नियालेर हेरेको त छेपारोले संसार छोडिसकेको रहेछ । मरेको छेपारोलाई बाहिर कतै लगेर फाल्दिनुपर्यो भनेर उठाउन मात्रै लागेको थिएँ, छेउमा एउटा सानो नोट जस्तो कागजको टुक्रा देखेँ । त्यो कागज अरू केही नभएर छेपारोले आत्महत्या गर्नु पहिला लेखेको ‘सुसाइड नोट’ रहेछ।

‘सुसाइड नोट’ मा लेखिएको थियो– मभन्दा बढी प्रचण्डले रंग फेरे, त्यो देखेर मैले आफूलाई बाँच्नुको अर्थ देखिनँ । त्यही भएर मैले आत्महत्याको बाटो रोजेको हुँ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार