महत्वपूर्ण निर्णय सम्पन्न गर्दै नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको बैठक हालै सम्पन्न भएको छ ।

बैठकले राजनीतिक, वैचारिक, स्कुलिङ र अरु कयौं विषयमा छलफल गरेको छ । पार्टी केन्द्रले समग्र देशलाई दुई कमाण्डमा विभाजन गरेर पार्टीको नयाँ संरचना विकास गरेको छ ।
पूर्वी कमाण्डको नेतृत्व हेमन्त प्रकाश ओली सुदर्शनले गर्ने छन् भने पश्चिम कमाण्डको नेतृत्व सन्तोष बुढा विषमले गर्ने भएका छन् ।
साथै बैठकले प्रचण्डद्धारा गरिएको एकताको प्रस्तावलाई केन्द्रीय समिति बैठकले खारेज गरेको छ । तर क्रान्तिकारी ध्रुवीकरणलाई भने निरन्तरता दिने भएको छ ।
‘चुनावी खारेजी, समीक्षा र आगामी कार्यदिशा’ शीर्षकमा महासचिव विप्लवद्धारा प्रस्तावलाई बैठकले एकमतका साथ पारित गरेको एक केन्द्रीय नेताले जानकारी दिए ।







