उत्तर कोरियाले फेरि अर्को शक्तिशाली क्षेप्यास्त्र सफलतापूर्वक परीक्षण गरेको छ ।

शुक्रबार मात्र प्रक्षेपण गरिएको इन्टरनेशनल व्लास्टिक मिसाइल परीक्षणको पुष्टि गर्दै उत्तर कोरियाले क्षेप्यास्त्र ४७ मिनेटसम्म उडेको र ३,७२४ किलोमीटर उचाइमा पुगेको बताएको छ।

कोरियन सेन्ट्रल न्यूज एजेन्सीले भनेको छ, “हाम्रा नेताले गर्वसाथ भनेका छन्, अमेरिकी मुख्य भूमी हाम्रो क्षेप्यास्त्र प्रहारको पहुँचमा आएको छ।”

विज्ञप्तीमा जनाइए अनुसार उक्त क्षेप्यास्त्र ह्वासोङ-१४ जुलाइ ३ मा गरिएकै क्षेप्यास्त्रको प्रकार हो।

सिएनएनका अनुसार यो मिसाइलले अमेरिकाको मुख्य शहर, लस एजेन्स, डेनभर र चिकागोजस्ता शहरहरुलाई ध्वस्त पार्न सक्ने क्षमता रहेको छ । साथै न्युयोर्क सिटी, बोस्टनलगायत शहरहरुलाई पनि ध्वस्त पार्न सक्नेछ ।

तीन हप्ताको बीचमा उत्तर कोरियाले प्रक्षेपण गरेको यो शक्तिशाली मिसाइल हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार