खै साहित्यका कलमी रुपरेखा भनौँ या हात, कहाँबाट सुरु गरौँ । हे मेरो प्यारो कर्णाली, जीवनका यात्रा का भोगाइ होस या त्यही माटोमा यी हात को खेलाई …
म अचम्मित छु ।
हुन त म उमेर ले अहिले 23 बर्ष को भय तर सालले 24 बर्सको भय तर मैले पढेको कुरा किताबमा 2007 साल राणाको शासन को अन्त्य वा 2017-2036वा 2047 सालको कालो संबिधान को कुरा यी सबै मैले किताब मा पढे तर त्यो 2052-2062 सम्म को जनयुद्ध, 2058 सालको दरबार हत्याकाण्ड, त्यस्तै 2062/63 सालको जनान्दोलन, 2064 सालको पहिलो संबिधानसभाको चुनाम त्यसपछि प्रचण्ड प्रधानमन्त्री, कटवाल प्रकरण, बाबुराम प्रधानमन्त्री, सेना समायोजन, माधवकुमार नेपाल प्रधानमन्त्री, झलनाथ खनाल प्रधानमन्त्री, केपि ओलि प्रधानमन्त्री, त्यसपछि प्रचण्ड अनि शेरबहादुर देउवा, साथसाथै 2070 सालको चुनाव त्यसको परिणाम, 2072 को संबिधान यी सबै एकएक थाहा छ तर यो देसको बिडम्बना देशको स्थिर राजनीति र साम्राज्यवाद र बिस्तारबाद को चाकडी कहिल्यै फेरिएन । तसर्थ मेरो देस दन्दमा फस्दै आएको सबैलाई सर्बसाबित नै छ । अत;  देस बिकास र सिंहदरबार का शसकले गरेको मेरो कर्णालीलाई सौतेनी ब्यवहारप्रती घृणा जाग्यो र सिंगो देस बिकास अनि राज्यबाट पिछडिएको कर्णालीमा लेख्दैछु ।

एकातिर हाम्रो मुक्ति कसले गर्छ भनेर चिन्तित छौ भने अर्कोतिर देस दन्द मा फसेको अनि ठूलो गद्दरी का कारण सिंगो नेपाली जनताका सपनाहरू ओझेलमा परेका छन । अनि त्यस्तै आसा बोकेका हामी कर्णालीका पिडित अनि राज्यबाट पिछडिएका मान्छे पनि । सुदर सपना देख्ने र ती सपनालाई सजाउने कसको रहर हुँदैन र ? हामीसंग थुप्रै समस्या छन । हामीसंग थुप्रै आसा छन अनि थुप्रै अभिलाषा छन तर कसले पो बनाउने सुन्दर कर्णाली अनि समृद्ध कर्णाली ।


कर्णालीमा नेता नभएको होइन नेता थुप्रै छन तर बिकास कसले गर्ने । कोहो जननेता को हो सहि नेतृत्व गर्न सक्ने सक्षम नेता भन्ने अलमलमा छन नेता, जुम्लाबाट जननिर्वाचित सभासद नरेस भण्डारी, कालिकोटबाट प्रकाण्ड(2064),  त्यस्तै महेन्द्रबहादुर शाही क. प्रज्जवल जो भरखर मात्र उर्जा मन्त्री समाल्नुभएको छ । त्यस्तै हुम्लाबाट जिबनबहादुर शाही डोल्पाबाट सत्य पहाडी । त्यस्तै मुगुबाट र अन्य युवा नेता पनि जन्मिएका छन तर बिकासको कुरो भने पटक्क्कै छैन । केन्द्रमा जाउ बस जनतालाई कासन भासन दे, पुग्यो यो सब । तर, बिकास कसले गर्ने को जननेता ? अनि कर्णाली का समस्या के ? कर्णालीमा बिकास का सम्भावना र आधार के भन्ने प्रश्न तेर्सिएको छ यसको बारेमा म सबै चर्चा गर्नेछु ।

प्रिय प्राकृतिक सौन्दर्यता को खानी मेरो कर्णाली ,सम्पुर्ण नेपाली को मन मुटुमा बस्न सफल रारा कि अप्सरा र गहिरो डोल्पा से-फोक्सुण्डो । तिमिलाई न्यानो मायको कोसेली का साथ सलाम ।

लाखौंलाख अनेकौं अनेक सम्भावना भयर पनि कर्णाली बिकास को चपेटामा परेको छ । सहि सच्चा र असल नेतृत्व नहुदा तिम्रो पेट मा छुरा रोपे जस्तै पिडनिय र असाध्यै दयनीय छ । त्यही खडेरी ले तातेको कर्णाली सेतो कुहिएको चामल मा जिन्दगी गुजारा गर्दैछ कर्णाली । त्यसमै जीवन जिउन बध्य छ प्यारो कर्णाली । कसलाई रहर हुन्न र त्यो मीठो मसिनो खान तर नियती भनौ या कर्णाली को भाग्यको खेल । सुनाउ पीडा थुप्रै होलान् । नसुनाउ भोकमरी ले लखेटेको छ । खडेरी छ सरकार कर्णाली मा तर कर्णाली जति धेरै पानी बगेको भने कुनै ठाउमा छैन ।
2032 साल पछिको भोकमरी यो तीन बर्स भएको छ अझ त यो कर्णाली को पलाताँ गाउँ पालिका मा ।

सरकार यहाँ हरेक को संकट पनि छ र सम्भावना पनि हामी चुनौती का साथ भन्छौ हो कर्णालीमा खाध्य संकंट छ ,जंगल फडानी ले गर्दा खानेपानी का मुल सुक्दा खानेपानी को अभाव छ । सिचाइ नहुदा यहाँ खेतीयोग्य जमिन बाँझै छ । उचित किसिम को शिक्षा नहुदा राम्रोसँग संग पठनपाठन मा ध्यान छैन ?।स्वास्थ्य उपचार को ब्यवस्था छैन । प्रसस्तै पानि र जलाशय हुदा पनि कर्णाली र तिला नदिमा बिधुत उत्पादन छैन । राम्रोसँग सडक बिस्तार नहुनू । संचार माध्यम को कमि । बिधुत नहुदा कलकारखाना उधोग धन्दा संचालन हुन सकेका छैनन् । नेपाल कै अग्लो पचाल झरना जुन 381 मिटर अग्लो हुदा पनि कुनै पनि सामान्य ज्ञान् मा समाबेश गरिएको छैन । पर्यटन बिकास मा उचित किसिमको लगानी छैन । फलफूल खेतीयोग्य जमिन हुदा पनि सरकार बाट चासो नदेखाउनु र उत्पादन भएको फलफूल पनि बजार ब्यवस्थापन को लागि सडक को राम्रो ब्यवथा पनि छैन । बिस्वमै नपाईने महंगो जडिबुटी जस्तै, यार्सागुम्बा, गुच्ची च्याउ, हात्तिजरा, हिङ, सिलाजित,सतुवा पदमचाल्लो ,जस्ता बनस्पति को भण्डार हो कर्णाली तर खै ब्यवस्थापन ?
सुन्दर कर्णाली ,समृद्ध कर्णाली का प्रचुर सम्भावना र हामी कर्णाली बासिको परिकल्पना … । सुन्दर कर्मचारी ,समृद्ध कर्णाली बनाउन विशेष त हामी सबै एक हुन जरुरी र अपरिहार्य छ । तसर्थ पहिलो हाम्रो सपना हो कर्णाली र तिला नदि र विभिन्न खोलानाला को पानी सदुपयोग गर्ने ,। कि हामी आफैले यो पानीलाई सदुपयोग गर्यौ भने स्वर्ग खोज्न कहि जानू पर्दैन कर्णाली अनि सिंगो नेपाल ले ।
कर्णाली र अपर कर्णाली बाट मात्र हामी 10000 दस हजार मेघावाट बिधुत उत्पादन गर्न सक्छौ । र तिला एक र तिला दुई बाट न्यनतम पाँच हजार मेघावाट बिधुत उत्पादन गर्न सकिन्छ । तसर्थ नेपाल लाई चहियको बिधुत भनेको दस हजार मेघावाट मात्र हो त्यो तिला कर्णाली र अरु नेपाल मा उत्पादन हुने बाकी 72000 बहत्तर हजार मेघावाट बिघुत हामिले मित्ररास्ट्र भारत चीन,पाकिस्तान ,बङ्ग्लादेस,भुटान ,र अन्य अमेरिका जस्ता विश्व का नामि रास्ट लाई पनि हामी बेच्न सक्छौ यदि नेपाल ले यो मात्र उठायो भने ।
र हामिसंग प्रसस्त मात्रामा बिधुत उत्पादन भयो भने भोकमरी अन्त्य गर्न मोटर बाट सिचाइ र…
सिचाइ र…नहर बाट प्रसस्त मात्रामा पानी लाई चाहियको ठाउँमा लैजान सकिन्छ । र नगदे बाली उत्पादन मा विशेष सक्रिय भयर विभिन्न किसिम का नगदे बाली उत्पादन गर्न सकिन्छ । जस्तै : धान ,गहुँ ,मकै,कोदो फापर ,कागुनु चिनो,जनाली,आलु सिमि, आदि खालका नगदे बाली कर्णाली मा उत्पादन गर्न कुनै कठिनाइ हुने छैन र तरकारी खेती मा विभिन्न स्थान को चिसो तातो हावा परिक्षण गरि प्रसस्तै मात्रा मा उत्पादन गर्न सकिन्छ । त्यस्तै कर्णाली मा अर्को समस्या हो शिक्षा ,, आधुनिक जमाना र बैज्ञानिक शिक्षा लागू गर्न सामान्य किसिमका कम्प्युटर शिक्षा संचालन मा ल्याउन आबस्यक छ र विभिन्न उपकरण मार्फत शिक्षा संकाय लाई दीर्घकालीन बनाउन निकै कसरत गर्नुपर्ने जरुरी छ कर्णाली मा । अर्को कुरा के अभाव छ भने कर्णाली मा कृषि बिश्वबिद्धालय को अभाव ,,हुनत देसमा कृषि प्रधान देस नेपाल हो भनेर किताब मा पड्छौ हामी तर कृषि शिक्षा ,कृषि ब्यवस्थापन संकाय केहो भन्दा कर्णाली त के नेपालका धेरै जसो विद्यार्थी लाई थाहा हुम्न अनि केको कृषि प्रधान देस अचम्म छ ? यो कृषि बिश्वबिद्धालय कर्णाली मा भयो भने कयन मान्छे खाडी हैन बरु खाडिका मुस्लिम नेपाल मा बोलाउनु पर्ने हुन्छ ।
साच्चिकै कृषि र फलफूल , तरकारी , अलैंची , चिया, जस्ता पदार्थ को उत्पादन गर्ने हो भने । …साथसाथै कर्णाली को स्वास्थ्य अवस्था थाहा नै छ । औसत आयु नै 48 बर्स रे अरे बाच्न रहर कस्लाई छैन ? कर्णाली मा अकाल मा ज्यान गुमाउने को कमि छैन । त्यसमा पनि सुत्केरी गर्भवती महिला जुन मृत्यु पर्खेर बसेका हुन्छन् कब गर्नु राम्रो स्वास्थ्य उपचार गर्ने अस्पताल हुन्न अस्पताल भयपनी डाक्टर हुन्नन । डाक्टर भयपनी काठमाडौ बसेर कर्णाली को तलब भत्ता पचाउने हुन्छन । क्यरम पीडा छ हजुर कर्णाली लाई । नसा,हड्डी ,क्यान्सर ,फोक्सो ,को त उपचार परै जाओस् । पीडित ,पीडित नै छ आज पनि मेरो कर्णाली मा । के गर्नु र यहाँ राम्रो संग सडक बिस्तार छैन अहिलेसम्म कर्णाली राजमार्ग लाई मृत्यु राजमार्ग का रुपमा चिनियको सर्बसाबितै छ । अकालमा ज्यान गुमाउने को लहरै छ ।
राज्यबाट त्यस्तो किसिमको सडक बिस्तार भनेर थ्रेड हुन्न । अलिअलि पैसा त आउँछ होला त्यै पनि ठेकेदार मिलेर स्वाम र झ्वाम पर्ने हुन । आली अलि सडक बिस्तार भनेर हाल्छन हालेर के गर्नु राम्रो गरे पो सधै लाई हाम्रो सडक हुन्छ नत्र मृत्यु सडक बन्छ । फेरि सडक को हालत त्यही हो । जिल्ला सदरमुकाम पुग्न सडक हम्मेहम्मे छ गाउँ गाउँ मा त आकाश को फल आँखा तरि मर भन्या जस्तै हो बरै । यो सब सास्ती र दुख भोग्नुपरेको हुन्छ उहीँ नेताको भोटर ले पीडा अनेक समस्या अनेक, उपाय उहीँ नेता को अनुहार चित्त बुझायो । सिंहदरबार पठायको सभासद उहीँ मीठो मसिनो खान मै ठिक्क हुन्छ अनि तल आयो नेता ज्यु यो भयो उ भयो । अ हुन्छ चिन्ता नगर्नुहोस् म त्यो काम को लागि प्रोसस मा छु ढुक्क हुनुहोस् । भन्यो जनता लाई हेर्याहेर्यै ।

लेखक

यस्तो छ समग्र देसको पीडा । यसकै प्रतिफल हो 2070 को चुनाब ।। र कर्णाली बासिलाई अर्को ठुलो समस्या हो संचार को धेरै असुविधा ,, कर्णाली मा अहिले पनि फोन गर्न डाडाकाडा धाउनु पर्छ मित्र यो सहर का मान्छे संग भन्न पनि लाज मान्छन कतिपय मान्छे त , मेरो घरमा मा फोन लाग्दैन भनी ढाट्दैनन उनिहरु ।। घर को फोन त स्विच अफ रहेछ भन्छन किन कि त्यहाँ टावर नै हुन्नन के को फोन लाग्नु ,। फेसबुक ईन्टरनेट हरु त सदरमुकाम आयपछी चलाउने गर्छन कर्णाली का समग्र आम नागरिक । त्यो पनि राम्रोसँग काम गर्दैन भन्न पनि लाज को कुरा हो यो । अनि कसरी हुन्छ बैज्ञानिक शिक्षा लागू ? मैले मात्र 16 बर्स को हुदा एक सादा सेट फोन देखेको थिए । त्यतिबेला ब कक्षा 10 मा पड्थे । अनि फेसबुक ईन्टरनेट चलाउने मोबाइल त मेरो हात मा परै को कुरा हो । आधुनिक जमाना का मान्छे यहाँ ल्यापटप साथमा राखेर विश्व बारे जानकारी लिदै पढ्छन् तर कर्णाली का विद्यार्थी भने उहीँ पुरानै रटाई ले परिक्षा मा सामेल हुन्छन् ।

त्याे पनि कर्णाली मा पुस्तक पुग्न तीन चार महिना लाग्छ हाम्रो देसको सरकार ९ नौ महिना मा फेरबदल हुन्छ । अब भन्नुहोस् कि त्यो कर्णाली का विद्यार्थी अनि समग्र नेपाल का विद्यार्थी ले के पढ्ने के बुझ्ने र के लेख्ने ? बिडम्बना यस्तो छ हाम्रो देसको । अनि यस्तो छ कर्णाली को पीडा हिजो ,आज अनि ,भोलि पनि, पिडा पीडा पीडा … । त्यसैले म भन्छु ए सरकार देस भन्या सिंहदरबार वरिपरि मात्र हैन । त्यो काठमाडौ भन्दा बाहिर पनि 74 चौहत्तर जिल्ला छन भरेर सोचिदे । कति गर्नु सासक को चाकडी अनि अरब को गुलाम ? कहिले रोक्ने त्यो सिमा पारी बेच्न युवाहरूलाई ? अनि अखिले हुन्छ हिंसामुक्त देस ? अनि यो देसमा रोजगारी को सिर्जना कहिले गर्छछस ए मेरो देसको चाकरी सरकार ? कहिले हुन्छ यो नेपाल को नौ महिने नौंटकी सरकार ? कहिले हुन्छ नारी स्वतन्त्रता ? अनि कहिले हुन्छ बलात्कारिलाई फाँसी को सजाय ? अनि यो देसक बिकास कहिले हुन्छ अनि यो हिंसात्मक फैलिएको देसबाट हुर्कने एक नाबालक ले के सिक्छ ? त्यै हत्या हिंसा ,द्वन्द्व , मारकाट, त्यही बेरोजगार ? किन बुझ्दैनस सरकार हामी आफै लडे देस सकिन्छ । हामी सजिन्छौ ,हाम्रो अस्तित्व सकिन्छ । सत्रु ले हेप्छ अनि देसको हालत सिक्किमिकरण हुन्छ भनेर किन बुझ्दैनस ए मेरो देसको सरकार ।??
असुरक्षित कर्णाली को यात्रा तथा सडक ब्यावस्थापन को ढिलाइ..::कर्णाली मा बर्सौ बितिसक्दा पनि राम्रो संग कर्णाली मा सडक निर्माण गर्न सकिरहेको छैन राज्यले । यदि सडक मात्र राम्रोसँग निर्माण भयो भने पर्यटन बिकास लाई धेरै अगाडि बढाउन सकिन्च । साथसाथै नेपाली भासी को र खस भासा को उदगम स्थल जुम्ला को सिंजा एक नमुना नेपाल को खस राज्यको रुपमा विश्व सामु चिनाउन सकिन्छ । खस राज्य सिजा हुँदै नेपाल कै ठूलो ताल रारा ,जुन एक अप्सरा को रुप मा चिनिन्छ । त्यस्तै से-फेक्सुण्डो डोल्पा , नेपाल कै सबभन्दा अग्लो झरना, पचाल झरना 381 मिटर अग्लो , कर्णाली कै नमुना ,, फुटबल खेल मैदान पलाता गाउँ पालिका को थिर्पु घाटचौर बनाउन सकिन्छ यदि राज्यले चासो देखायको खण्ड मा ,, यिनै ओझेल मा परेका भासा भासीका उद्गम स्थल र झरना ,ताल तलैया ओझेल पर्नुको मुख्य कारण संचार माध्यम को कमि सडक बिस्तार मा निकै ढिलाई ।
यस्तै कर्णाली मा सयौ हिमाल अझै ओझेल मा परेका दिखिन्छन । त्यस्तै हिमालन को देस बिकास कसरी गर्ने र कुन तरिकाले बिकास का पुर्वाधार हरु तय गर्ने भन्ने बारे तपाईं मैले भन्दा पत्यार नलाग्न सक्च ,,तर एकपटक अबस्यनै नरेस भण्डारी ले लेख्नुभएको “”चादिको घेरा”” नामक पुस्तक पढुभयो बने थाहा हुनेछ किनकी उहालाई राम्रो संग थाहा छ त्यो बिकसित मुलुक स्विजर्ल्याण्ड र त्यस्तै बिकास को ओझेलमा परेको कर्णाली ,,एकपटक अबस्यनै आकलन गर्नसक्नुहुनेछ । र भन्नू हुनेछ कि म कस्तो देसमा जन्म लिएको रहेछु मलाई दिक्कार छ भन्नुहुनेछ र फेरि त्यही देस बनाउन लम्कनु हुनेछ । पाइला अगाडि सार्नु हुनेछ ।। साथसाथै रारा संगको नरेस को भलाकुसारी पनि । अनि स्विजर्ल्याण्ड को आकलन गर्दै भन्नुभएको छ यो त सुन को अण्डा पो रहेछ ,,किन यो देस को सासक ले चिन्न सकेन भन्ने पनि निकै खण्डन गर्नुभएको छ नरेस भण्डारी ले अनि उठाउनु भएको छ त्यो त्यो मुद्दा अनि अन्डा बाट चल्ला बनाउने प्रयत्न गर्नु भयो जुन कर्णाली स्वास्थ्य बिज्ञान प्रतिस्ठान ।
बाकी रह्यो जलविद्युत उत्पादन को कुरा तपाईं हामिले नै बनायका त मन्त्री हुन जनार्दन सर्मा र महेन्द्र बहादुर शाही क. प्रज्ज्वल ,,सबै उठौ जागौ र दबाब दिउ र उठाउ कर्णाली जलविद्युत को केन्द्र हुनुपर्छ भन्ने नारा बोकौ ,,के यो सम्भव छैन र एक गोबिन्द केसि भन्ने डाक्टर अनशन बस्दा देसको नियम कानुन फेरबदल हुन्छ भने लाखौ कर्णाली का युवा र जनता आन्दोलन गरे के यो देस मा हामिले पाउने चिज को किन ढिलाईसुस्ती ,,किन बुज्दैनन हाम्रा नेता ले किन सोच्दैन मेरो एक जायज अडान ले सिंगो कर्णाली मेरो साथ दिन्छ अनि सडक नगर र राजधानी को मुटु सिंहदरबार हल्लिन्छ भन्ने किन बुझ्दैनौ ? कर्णाली भनेको फलफूल खेती को प्रसस्तै सम्भावना भएको ठाउँ हो । म धेरै सिंगापुर ,थाइल्यान्ड स्वजर्ल्याण्ड को कुरा यहाँ लेख्दिन । तर तपाईं हामिलाई राम्रो संग थाहा छनी भारत को हिमाचल प्रदेस त्यो हिमालचल प्रदेस भन्दा के कम होला सिचाइ राम्रो भयो भने हाम्रो कर्णाली ?
एसिया कै स्वादिष्ट स्याउ कर्णाली मा पाईन्छ यो आम नेपाली लाई थाहा भएको कुरा हो । त्यस्तै ,,अंगुर ,अनार,बेलौती,ओखर ,आरु,यो क्षेत्र को निकै राम्रो फलफूल योग्य उत्पादन हुने क्षेत्र हो । के यसको राम्रो ब्यवस्थापन कुनै नेता ले गर्न सकेको छ ? यसलाई ब्यावस्थापन गर्न सक्यो भने कुनै खाडी र भारत का ठाउँ चहार्नु पर्दैन । यो फलफूल खेती मा मुख्य समस्या भनेकै सिचाइ को अभाव ,र सडक को ब्यवस्थापन राम्रो नहुनु । त्यस्तै जडिबुटी को ब्यवस्थापन गर्न नसक्दा बर्सेनि करोडौं को जडिबुटी हरु घुइयाको भाउमा बेक्नु परेको र कयौ त कुहिन्छ घरमै किन भने सडक छैन ,पहुँच छैन,बजार छैन के गर्ने त यसलाइ ब्यवस्थापन गर्न ? त्यो सोच्न जरुरी छ । यो सब ब्यवस्थापन गर्न नसक्नु भनेकै राज्यको कमजोरी त हो नै तर जितायका सभासद नै लठ्ठुराम भयपछी हामी सोझासाझा जनता को के नै लाग्थो नै । यी बहुमुल्य जडिबुटी जस्तैः यार्सागुम्बा ,हात्ती जरा,सतुवा,पुदिना,च्याउ बन लसुन, जस्तै हजारौं हजार जडिबुटी को खानि हो कर्णाली, कस्ले बुझ्ने यो समस्या ?
यी अथक समस्या समाधान हुन सके म बन्छु,हामी कर्णाली बासी बन्छौ,क्षेत्र बन्छ ,अनि सिंगो रास्ट्र नेपाल बिकास र समृद्धि तिर लम्कन्छ । भनिन्छ नि नेपाल को सिंहदरबार बन्दा अमेरिका बनेको थिएन रे तर त्यही देस आज बिस्वकै शक्तिशाली रास्ट्र छ धनी छ । तर हामी नेपाली भने उहीँ ठाउँ को ठाउँ, अर्को चीन ले भन्न्छ नेपाल भनेको सुनको खानी मा सुतेको देस हो उसले सुन केहो पितल केहो राम्रोसँग छुट्टाउन सकेको छैन भन्छ हो साच्चिकै हामी सुन को सिरानी गरेर हिरा को माला सर्प झै खुट्टा बाट बग्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार