खै साहित्यका कलमी रुपरेखा भनौँ या हात, कहाँबाट सुरु गरौँ । हे मेरो प्यारो कर्णाली, जीवनका यात्रा का भोगाइ होस या त्यही माटोमा यी हात को खेलाई …
हुन त म उमेर ले अहिले 23 बर्ष को भय तर सालले 24 बर्सको भय तर मैले पढेको कुरा किताबमा 2007 साल राणाको शासन को अन्त्य वा 2017-2036वा 2047 सालको कालो संबिधान को कुरा यी सबै मैले किताब मा पढे तर त्यो 2052-2062 सम्म को जनयुद्ध, 2058 सालको दरबार हत्याकाण्ड, त्यस्तै 2062/63 सालको जनान्दोलन, 2064 सालको पहिलो संबिधानसभाको चुनाम त्यसपछि प्रचण्ड प्रधानमन्त्री, कटवाल प्रकरण, बाबुराम प्रधानमन्त्री, सेना समायोजन, माधवकुमार नेपाल प्रधानमन्त्री, झलनाथ खनाल प्रधानमन्त्री, केपि ओलि प्रधानमन्त्री, त्यसपछि प्रचण्ड अनि शेरबहादुर देउवा, साथसाथै 2070 सालको चुनाव त्यसको परिणाम, 2072 को संबिधान यी सबै एकएक थाहा छ तर यो देसको बिडम्बना देशको स्थिर राजनीति र साम्राज्यवाद र बिस्तारबाद को चाकडी कहिल्यै फेरिएन । तसर्थ मेरो देस दन्दमा फस्दै आएको सबैलाई सर्बसाबित नै छ । अत; देस बिकास र सिंहदरबार का शसकले गरेको मेरो कर्णालीलाई सौतेनी ब्यवहारप्रती घृणा जाग्यो र सिंगो देस बिकास अनि राज्यबाट पिछडिएको कर्णालीमा लेख्दैछु ।
एकातिर हाम्रो मुक्ति कसले गर्छ भनेर चिन्तित छौ भने अर्कोतिर देस दन्द मा फसेको अनि ठूलो गद्दरी का कारण सिंगो नेपाली जनताका सपनाहरू ओझेलमा परेका छन । अनि त्यस्तै आसा बोकेका हामी कर्णालीका पिडित अनि राज्यबाट पिछडिएका मान्छे पनि । सुदर सपना देख्ने र ती सपनालाई सजाउने कसको रहर हुँदैन र ? हामीसंग थुप्रै समस्या छन । हामीसंग थुप्रै आसा छन अनि थुप्रै अभिलाषा छन तर कसले पो बनाउने सुन्दर कर्णाली अनि समृद्ध कर्णाली ।
कर्णालीमा नेता नभएको होइन नेता थुप्रै छन तर बिकास कसले गर्ने । कोहो जननेता को हो सहि नेतृत्व गर्न सक्ने सक्षम नेता भन्ने अलमलमा छन नेता, जुम्लाबाट जननिर्वाचित सभासद नरेस भण्डारी, कालिकोटबाट प्रकाण्ड(2064), त्यस्तै महेन्द्रबहादुर शाही क. प्रज्जवल जो भरखर मात्र उर्जा मन्त्री समाल्नुभएको छ । त्यस्तै हुम्लाबाट जिबनबहादुर शाही डोल्पाबाट सत्य पहाडी । त्यस्तै मुगुबाट र अन्य युवा नेता पनि जन्मिएका छन तर बिकासको कुरो भने पटक्क्कै छैन । केन्द्रमा जाउ बस जनतालाई कासन भासन दे, पुग्यो यो सब । तर, बिकास कसले गर्ने को जननेता ? अनि कर्णाली का समस्या के ? कर्णालीमा बिकास का सम्भावना र आधार के भन्ने प्रश्न तेर्सिएको छ यसको बारेमा म सबै चर्चा गर्नेछु ।
प्रिय प्राकृतिक सौन्दर्यता को खानी मेरो कर्णाली ,सम्पुर्ण नेपाली को मन मुटुमा बस्न सफल रारा कि अप्सरा र गहिरो डोल्पा से-फोक्सुण्डो । तिमिलाई न्यानो मायको कोसेली का साथ सलाम ।
लाखौंलाख अनेकौं अनेक सम्भावना भयर पनि कर्णाली बिकास को चपेटामा परेको छ । सहि सच्चा र असल नेतृत्व नहुदा तिम्रो पेट मा छुरा रोपे जस्तै पिडनिय र असाध्यै दयनीय छ । त्यही खडेरी ले तातेको कर्णाली सेतो कुहिएको चामल मा जिन्दगी गुजारा गर्दैछ कर्णाली । त्यसमै जीवन जिउन बध्य छ प्यारो कर्णाली । कसलाई रहर हुन्न र त्यो मीठो मसिनो खान तर नियती भनौ या कर्णाली को भाग्यको खेल । सुनाउ पीडा थुप्रै होलान् । नसुनाउ भोकमरी ले लखेटेको छ । खडेरी छ सरकार कर्णाली मा तर कर्णाली जति धेरै पानी बगेको भने कुनै ठाउमा छैन ।
2032 साल पछिको भोकमरी यो तीन बर्स भएको छ अझ त यो कर्णाली को पलाताँ गाउँ पालिका मा ।
र हामिसंग प्रसस्त मात्रामा बिधुत उत्पादन भयो भने भोकमरी अन्त्य गर्न मोटर बाट सिचाइ र…
सिचाइ र…नहर बाट प्रसस्त मात्रामा पानी लाई चाहियको ठाउँमा लैजान सकिन्छ । र नगदे बाली उत्पादन मा विशेष सक्रिय भयर विभिन्न किसिम का नगदे बाली उत्पादन गर्न सकिन्छ । जस्तै : धान ,गहुँ ,मकै,कोदो फापर ,कागुनु चिनो,जनाली,आलु सिमि, आदि खालका नगदे बाली कर्णाली मा उत्पादन गर्न कुनै कठिनाइ हुने छैन र तरकारी खेती मा विभिन्न स्थान को चिसो तातो हावा परिक्षण गरि प्रसस्तै मात्रा मा उत्पादन गर्न सकिन्छ । त्यस्तै कर्णाली मा अर्को समस्या हो शिक्षा ,, आधुनिक जमाना र बैज्ञानिक शिक्षा लागू गर्न सामान्य किसिमका कम्प्युटर शिक्षा संचालन मा ल्याउन आबस्यक छ र विभिन्न उपकरण मार्फत शिक्षा संकाय लाई दीर्घकालीन बनाउन निकै कसरत गर्नुपर्ने जरुरी छ कर्णाली मा । अर्को कुरा के अभाव छ भने कर्णाली मा कृषि बिश्वबिद्धालय को अभाव ,,हुनत देसमा कृषि प्रधान देस नेपाल हो भनेर किताब मा पड्छौ हामी तर कृषि शिक्षा ,कृषि ब्यवस्थापन संकाय केहो भन्दा कर्णाली त के नेपालका धेरै जसो विद्यार्थी लाई थाहा हुम्न अनि केको कृषि प्रधान देस अचम्म छ ? यो कृषि बिश्वबिद्धालय कर्णाली मा भयो भने कयन मान्छे खाडी हैन बरु खाडिका मुस्लिम नेपाल मा बोलाउनु पर्ने हुन्छ ।
लेखक
यस्तो छ समग्र देसको पीडा । यसकै प्रतिफल हो 2070 को चुनाब ।। र कर्णाली बासिलाई अर्को ठुलो समस्या हो संचार को धेरै असुविधा ,, कर्णाली मा अहिले पनि फोन गर्न डाडाकाडा धाउनु पर्छ मित्र यो सहर का मान्छे संग भन्न पनि लाज मान्छन कतिपय मान्छे त , मेरो घरमा मा फोन लाग्दैन भनी ढाट्दैनन उनिहरु ।। घर को फोन त स्विच अफ रहेछ भन्छन किन कि त्यहाँ टावर नै हुन्नन के को फोन लाग्नु ,। फेसबुक ईन्टरनेट हरु त सदरमुकाम आयपछी चलाउने गर्छन कर्णाली का समग्र आम नागरिक । त्यो पनि राम्रोसँग काम गर्दैन भन्न पनि लाज को कुरा हो यो । अनि कसरी हुन्छ बैज्ञानिक शिक्षा लागू ? मैले मात्र 16 बर्स को हुदा एक सादा सेट फोन देखेको थिए । त्यतिबेला ब कक्षा 10 मा पड्थे । अनि फेसबुक ईन्टरनेट चलाउने मोबाइल त मेरो हात मा परै को कुरा हो । आधुनिक जमाना का मान्छे यहाँ ल्यापटप साथमा राखेर विश्व बारे जानकारी लिदै पढ्छन् तर कर्णाली का विद्यार्थी भने उहीँ पुरानै रटाई ले परिक्षा मा सामेल हुन्छन् ।







