
चितवनस्थित कृषि तथा पशु विज्ञान विश्व विद्यालय, रामपुर उपकुलपतिको कार्यालयमा अज्ञात समुहले आगजनी गरेको छ ।
मगंलबार बिहानै उपकुलपति कार्यालय (भीसी कार्यालय) मा अज्ञात समुहले आगजनी गरेको हो । अहिले त्यहाँ आगोको मुस्लो निस्किरहेको प्रत्यक्षदर्शीले बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठनले २ महिना अघिदेखि कृषि तथा पशु विज्ञान विश्वविद्यालय, रामपुर उपकुलपतिको कार्यालयमा स्नातकका लागि आंगिक क्याम्पसको माग गर्दै आएका थिए ।
तर विद्यार्थीको मागलाई वेवास्ता गर्दै आज नीजि क्षेत्रलाई सम्बन्धन दिनको लागि विश्वविद्यालय हातामा बोर्ड बैठक बस्दै थियो ।
बैठक बस्नु केही घण्टाअगाडि उपकुलपति कार्यालय (भीसी कार्यालय) मा अज्ञात समूहले आगो लगाएको हो ।







