रुसमा काम गर्नेमध्ये केही अरु सरकारी निकाय जस्तै सिआइए र अन्य कतिपय गुप्तचर निकायका लागि पनि काम गर्छन्।

अमेरिकी गुप्तचर निकायहरुले रुसमा खटाएका मानिसहरुको संख्या उल्लेख्य छ तर त्यसका विस्तृत विवरणहरु प्राप्त हुँदैनन्। राष्ट्रिय गुप्तचर अधिकारीका रुपमा काम गरेकी जोर्जटाउन युनिभरसिटीकी एन्जेला स्टेन्ट यो विषयमा प्रश्न गर्दा हाँसिन्।

उनी भन्छिन्, “त्यो कसैलाई पनि थाहा हुँदैन।”

रुसस्थित अमेरिकी राजदूतावास वा अन्य अमेरिकी कार्यालयमा काम गर्ने अधिकांश गुप्तचर वा गुप्तचर सेवासम्बन्धी जानकारहरु हुँदैनन्। अधिकांश त अमेरिकी नागरिक पनि होइनन्। धेरै रुसी कर्मचारी छन्।

सन् २०१३ मा राजदूतावासमा काम गरेका १, २७९ मानिसमध्ये ९३४ जना स्थानीय कर्मचारी भएको एउटा प्रतिवेदनले जनाएको छ। रुसी कर्मचारीहरुले विभिन्न कार्यक्रम आयोजना गर्न, प्रवेशाज्ञाको आवेदन प्रशोधन गर्न, कम्प्युटर मर्मत गर्न र कार्यालय सञ्चालन गर्न मद्दत गर्छन्। उनीहरुका लागि राष्ट्रपति पुटिनको घोषणा समस्याकारी छ।

वासिङटन डीसीस्थित विल्सन सेन्टरका अनुसन्धानकर्ता युभल वेभर भन्छन्, “यी मानिसहरुले आफ्नो रोजगारी गुमाउनेछन्।”

यसको अर्थ रुसीहरुले अमेरिकी यात्राका लागि भिसा पाउन समेत थप समय कुर्नुपर्नेछ। अहिलेको सामान्य अवस्थामा त त्यसका लागि उनीहरुले दुईदेखि पाँच हप्तासम्म कुर्ने गर्छन्। कर्मचारी कटौती हुँदा थप समय लाग्नेछ।

किन मस्कोमा रहेको अमेरिकी राजदूतावास र रुसका अरु ठाउँमा त्यति धेरै मानिसहरु काम गरिरहेका छन्? केही आकँडाहरुका अनुसार झण्डै १२ सय मानिसहरु रुसमा अमेरिकी सरकारका लागि काम गरिरहेका छन्।

झट्ट हेर्दा त्यो संख्या उच्च देखिन्छ। तर ह्वाइट हाउसमा रुससँगको चुनौतीपूर्ण र उतारचढावपूर्ण सम्बन्धलाई व्यवस्थापन गर्न काम गरिरहेका अधिकारीहरुका लागि यो संख्या खासै ठूलो होइन।

अमेरिका र रुस केही महत्त्वपूर्ण क्षेत्रमा मिलेर काम गरिरहेका छन्।

रुसमा रहेको अमेरिकी दुतावास

त्यस्ता काममा उग्रवादी समूह नियन्त्रण, दुवै देशमा रहेका पारमाणविक हतियारको सुरक्षा र सिरियामा हिंसाको कमी लगायत पर्छन्।

यसबाहेक पनि अमेरिकाले अर्बौ डलर मूल्य पर्ने वस्तुहरु रुसबाट झिकाउने गरेको छ। उनीहरुबीच कैयौँ विषयमा झगडा पनि चलिरहेको छ।

जस्तै अमेरिकी चुनावमा भएको भनिएको रुसी हस्तक्षेप, आफ्नो सीमा क्षेत्र र प्रभाव विस्तार गर्ने रुसी महत्त्वाकांक्षा लगायतका विषयमा दुई पक्षबीच विवाद छ।

अमेरिकी अधिकारीहरु भन्छन्, रुसका गतिविधिमाथि निगरानी राख्न र दुई पक्षीय सम्बन्धका विविध पाटाहरुबारे सुसूचित भइरहन मस्कोमा धेरै कर्मचारी आवश्यक पर्छन्।

उक्त उद्देश्य पूरा गर्न रुसमा रहेका अमेरिकीहरु विभिन्न क्षेत्रमा र विभिन्न स्थानमा काम गरिरहेका छन्। धेरैजना मस्कोमा काम गर्छन र केही भ्लाडिभोस्टोक, सिन्ट पिटसवर्ग र यकाटारिनवर्गमा कार्यरत छन्।

मस्को र अन्य शहरहरुमा अमेरिका यात्रा गर्न चाहने रुसी नागरिकका लागि अमेरिकीहरु प्रवेशाज्ञा अर्थात् भिसा प्रशोधन गरिदिने काम गर्छन्। त्यसबाहेक उनीहरुले मानवअधिकार, श्रम र अरु विषयमा वासिङटनमा सन्देशहरु प्रवाह गर्ने काम गर्छन्।

उनीहरुमध्ये केही कृषि, विज्ञान र जनस्वास्थसँग सम्बन्धित अभियानहरुमा पनि संलग्न छन्। उदाहरणका लागि कतिपयले दुर्लभ प्रजातिका वन्यजन्तुको संरक्षण तथा संक्रामक रोगहरुविरुद्ध लड्न मद्दत गरिरहेका छन्।

Save

Save

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार