जनकपुर । माओवादी केन्द्रमा प्रचण्ड र मातृका यादवबीच भीषण अन्तरसंघर्ष देखापरेको छ । प्रचण्डले भनेका छन्, “एक मधेस एक प्रदेश माओवादीको एजेन्डा होइन ।” मातृका यादवले पनि भनेका छन्, “एक मधेस एक प्रदेश माओवादीको एजेन्डा हो ।”  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ ले २ नम्बर प्रदेशबाट भोट पाउने नाउँमा झूटो कुरा बोलेर जनतालाई आफूले नझुक्याउने बताएका छन् ।

राजपालगायतका मधेसी दलले उठाएका सबै माग पूरा हुने अवस्था पनि नरहेको र आफ्नै दलका मधेसका नेता मातृका यादवले भनेजस्तो एकमधेस एक प्रदेशको एजेण्डा पनि सम्भव नरहेको प्रचण्डले स्पष्ट पारेका हुन् । नेपालको राजनीतिक परिस्थिति र दलीय गणीतका कारण चाहेजस्तो हुने अवस्था नरहेको र माओवादी केन्द्रको एजेण्डा एक मधेस एक प्रदेश नरहेको उनले बताए ।

प्रचण्डले माओवादी केन्द्रका नेता मातृका यादवले भने जस्तो एक मधेस प्रदेशको एजेन्डा माओवादी केन्द्रको नभएको कुरामा जोड दिए । जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘माओवादी केन्द्रको लाइन एक मधेस स्वायत प्रदेश कहिल्यै थिएन र हुँदैन पनि। हाम्रो मधेसमा सधैं स्वायत मधेस दुई प्रदेश स्पष्ट धारणा छ।’ माओवादीले जनयुद्धकालमै तयार पारेको संघीयताको ढाँचामा पनि तराईलाई एक प्रदेशमा नराखेको उनले संकेत गरे ।

स्मरण रहोस्, केही दिनअघि मातृका यादवले ‘एक मधेस, एक प्रदेश’ को माग राखेर मधेस एसेम्बलीको घोषणा गरेका थिए

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार