
चीनका विदेशमन्त्री वाङ यीले उत्तर कोरिया, अमेरिका तथा दक्षिण कोरियालाई सही विकल्प छान्दै उनीहरूबीच देखिएको तनावलाई रोकथाम गर्न आइतबार आग्रह गरेका छन्।
प्योङ्याङ र वासिङ्टन तथा सोल आफ्ना जनता तथा क्षेत्रीय शान्तिका लागि उत्तम विकल्प छान्दै जिम्मेवार भएर प्रस्तुत हुनुपर्छ, उनले बताए ।
वाङले दक्षिणपूर्वी एसियाली मुलुक (आसियन)को विदेश मन्त्रीस्तरको छलफलका लागि भएको भेलाको अवसरमा आफ्ना उत्तर कोरियाली समकक्षी रि योङ होसँगको भेटका क्रममा चीनको कोरियाली प्रायद्धीपमा देखिएको आणविक हतियार परीक्षणका बिषयमा आफ्नो नीति तथा दृष्टिकोण प्रष्ट रहेको बताउदै यसलाई दुवै समूहले उत्तम विकल्प रोजेर अघि बढ्न सुझाब दिएका छन् ।
केरियाली प्रायद्धीपको अवस्था अहिले सङ्कटको विन्दुमा पुगेको बताउदै यो शान्तिका लागि वार्ता गर्ने एउटा सम्भावित सकारात्मक विन्दु पनि भएको विदेशमन्त्री वाङ्ले बताए ।
उक्त अवसरमा उत्तर कोरियालाई संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को सङ्कल्प प्रस्तावलाई थप उल्लङ्घन नगर्न सुझाव दिएका थिए भने अमेरिका र सोलले पनि कोरियाली प्रायद्धीपमा तनाव बढाउने किसिमका गतिविधिलाई रोक्नुपर्ने बताए ।
उत्तर कोरियाली विदेशमन्त्री रिले कोरियाली प्रायद्धीपमा रहेको आणविक विषयमा आफ्नो पूर्व अडानलाई दोर्याए । यस विषयमा प्योङ्याङ चीनसँग सम्पर्कमा रहन चाहेको रिको धारणा थियो । रासस÷सिन्ह्वा







