
केही मिडियाले ४ जना साधारण सदस्यलाई ४५० जना गएको भनि प्रचार गरेकोमा नेपाल कम्युनिस्ट पार्टी भक्तपुरले आपत्ति जनाएको छ ।
कम्युनिस्ट पार्टी भक्तपुरका सेक्रटर्ी कुशले निराधार र कपोलकल्पित समाचार प्रचार गर्नुमा कुनै सत्यता नभएको बताएका छन् । साथै सेक्रेटरी कुशल बोगटीले यस्तो समाचारप्रति आपत्ति जनाएका छन् ।
‘केही आत्मसुरक्षावादी र भगुवाहरु हुन्, हाम्रो जिम्मेबार कार्यकर्ता होइनन्।’ भक्तपुर सेक्रेटरी कुशलले भने- ‘क्रान्तिका लागि बलिदान गर्न डराउनेहरु पार्टीमा रहनुको कुनै अर्थ छैन ।’
मजदुर संगठनका चार जना कार्यकर्ताहरुले पार्टी छोडेको सेक्रटेरी कुशलको स्पष्टोक्ति थियो ।







