
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले एकपटक फेरि आफ्नो हातमा आएको बताएका छन् ।
देशमा संसदवाद पूर्णत असफल भएकोले देश आफ्नो हातमा आएको महासचिव विप्लवको भनाई छ ।
चितवनमा तीनदेखि चलेको केन्द्रीय प्रशिक्षणलाई संवोधन गदै महासचिव विप्लवले पूरानो र मक्किसकेको संसदीय व्यवस्थालाई कांग्रेस र एमालेहरुले जर्बजस्त लाद्न खोजेपनि अब त्यो पुनः व्यँुतिन नसक्ने बताए ।
विदेशी मालिकहरुको आदेशमा कांग्रेस, एमाले र माओवादी केन्द्रले स्थानीय चुनावको नाममा जनतालाई उल्लु बनाएको महासचिव विप्लवको भनाई छ ।
सबै पार्टीहरुमा विभाजन आएको बेला आफनो पार्टी मात्र एक ढिक्काका साथ क्रान्तिमा होमिएको बताउँदै महासचिव विप्लवले केही अवसरवादी र भगुवाहरुले पार्टी छोड्नु अस्वभाविक नभएको जिकिर गरे ।
केन्द्रीय राजनीतिक प्रशिक्षणमा देशभरिबाट व्युरो सदस्यहरुको उपस्थिति रहेको थियो ।








