वर्तमान रुसका जनताले स्टालिनलाई विश्वकै सबैभन्दा महान् नेताको रुपमा मानेको तथ्य हालै सार्वजनिक भएको छ ।

रुसको प्रतिष्ठित गैर सरकारी संस्था ‘लवादा केन्द्र’ले गरेको एउटा सर्वेक्षणमा रुसी जनताले स्टालिनलाई विश्वकै सबैभन्दा महान् नेताका रुपमा लिएका छन् । स्टालिनपछि वर्तमान रुसी राष्ट्रपति पुटिनलाई दोस्रो महान् नेताको रुपमा रुसी जनताले लिएका छन् ।
लवादा केन्द्रले हालै १६०० रुसी जनतालाई प्रत्यक्ष मत सर्वेक्षणमा लिएर यस्तो तथ्य निकालिएको हो ।
यस्तो तथ्यलाई लामो लेखका रुपमा एक रुसी युवकले बाहिर ल्याएका हुन् । अलेक्जेण्डर नजर्यानले पनि स्टालिनलाई महान् नेताका रुपमा लिदैं ख्रुश्चोभले सन् १९५३ मा पुगेर स्टालिनमाथि हमला गर्नु बेठीक भएको औल्याएका छन् ।
लेखकका अनुसार आज रुसमा पुटिन स्टालिनलाई कुनैपनि मानेमा स्थापित गर्ने मिसनमा रहेका छन् । स्टालिनजस्तो महान् नेता आजको आवश्यकता रहेकोमा पुटिनले रुसी जनतालाई विश्वस्त पादैछन् ।
‘यी दुई शक्तिशाली व्यक्तिहरूको भाग्य अन्योन्याश्रित तवरले जोडिन पुगेको सन्दर्भमा ‘ लवादा केन्द्र’ नाम गरेको रुसको एउटा विश्वासिलो गैरसरकारी संस्थाले १६०० रुसीहरूमा एउटा नयाँ मत सर्वेक्षण गरेको थियो । त्यसमा स्टालिनलाई विश्वइतिहासमा नै सबैभन्दा महत्वपूर्ण व्यक्ति मानिएको छ र पुटिन रुसी कवि अलेक्सान्द्र पुस्किनसँग बराबरीमा आएकाले दोस्रो महत्वपूर्ण व्यक्ति भएका छन् ।’
अलेक्जेण्डर नजर्यानले लेखेका छन् –
‘यो वर्षको सुरुमा ‘लवादा केन्द्र’ ले गरेको अर्को मत सर्वेक्षणले ४६ प्रतिशत रुसी जनताले स्टालिनलाई अनुमोदन गरेको देखायो । यो समर्थन पुटिन सत्तामा आएपछि विगत १६ वर्षको अवधिकै सबैभन्दा उच्च हो । यी प्रवृत्तिहरू यद्यपि नयाँ थिएनन् तर यसले यो वर्षभरि नै चिन्ताग्रस्त बनाएको छ किनकि रुस पश्चिमाहरूप्रति असहिष्णु हुँदैछ र आणविक युद्ध अब चलचित्रका विषय मात्र रहेनन् । त्यसमा पनि स्टालिनको शक्ति, निर्ममता, राष्ट्रवाद, सैन्यवादमा गर्व गर्ने पुटिन प्रवृत्तिले नै ट्रम्पको पुटिनमोहलाई मलजल गर्दैछ ।’

महान् नेता स्टालिन

महान् नेता स्टालिन








