उत्तर एटलान्टिक ट्रिटी ओर्गनाइजेशन (नाटो)ले उत्तर कोरियाले अमेरिकाको गुआममा रहेको सैन्य क्याम्पमा आक्रमण गरे आफुहरु त्यसमा सहभागी नहुने बताएको छ ।

रुसको समाचार एजेन्सी टासलाई नाटोको आधिकारिक संस्थाले दिएको भनाईअनुसार नाटोले यस्तो धारणा दिएको हो ।

कथंकदाचित उत्तर कोरियाले अमेरिकाको प्रशान्त क्षेत्रमा रहेको सैन्य वेसमा आक्रमण गरे नाटो स्वभाविक रुपले सहभागी हुनेछैन । नाटो अफिसियल स्रोतले टासलाई भन्यो ।

साथै नाटोले उत्तर कोरियाले अमेरिकाको गुआममा रहेको सैन्य बेस क्याम्पमा  सजिलै आक्रमण गर्न सक्ने समेत बताएको छ ।

नाटो अमेरिकाको डिजाइन चल्ने सैन्य संस्थाको रुपमा चिन्ने गरिन्छ । नाटोमा अमेरिकादेखि युरोपका धेरै राष्टहरु सहभागी छन् ।

सन् १९४८ मा स्थापना गरिएको नाटोको मुख्य मिसन तत्कालीन सोभियत रुसको शक्तिलाई तहसनहस पार्न गठन गरिएको सैन्य संगठनको रुपमा लिने गरिन्छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार