भारत सरकारले नेपाली सीमा बाँधको ढोका खोल्न सम्बन्धित क्षेत्रका कर्मचारीलाई निर्देशन दिएको छ ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग आइतवार साँझ टेलिफोन वार्ता गर्ने क्रममा आफूले सीमा बाँधको ढोका खोल्न निर्देशन दिएको जानकारी गराएकी हुन ।

टेलिफोन वार्तामा भारतीय विदेशमन्त्री स्वराजले कोशी व्यारेजलगायत अन्य बाँधको ढोका खोल्न भारत सरकारले निर्देशन दिएको जानकारी गराएको परराष्टमन्त्रालयले जनाएको छ ।

नेपालमा बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै स्वराजले विपद्को घडीमा भारत सरकारले सक्दो सहयोग गर्ने बताएको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार