
अविरल वर्षापछि बाढीले नेपालका विभिन्न स्थानमा जलमग्न भएपछि कोशी, गण्डक र लक्ष्मणपुर बाँधका सबै ढोका खुल्ला गरिएको छ।
नेपाल सरकारको आग्रहपछि भारत सरकारले कोशी, गण्डक र लक्ष्मणपुर बाँधको सबै ढोका खुल्ला गरेको नेपालस्थित भारतीय दुतावासले जनाएको छ ।
अबिरल वर्षासँगै ती बाँध आसपासका क्षेत्र डुवानमा परेका छन् । परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भारतीय समकक्षी सुष्मा स्वराजलाई बाँधका ढोका खोलिलिन आग्रह गरेका थिए।
आफुसँगको कुराकानीमा स्वराजले कोशी लगायतका अन्य बाँधका ढोका खोल्न मातहतका निकायलाई निर्देशन दिएको बताएको मन्त्री महराले बताए।









