नेपालका लागि भारतीय राजदूत मन्जिब सिंह पुरीले नेपाल-भारत सम्बन्ध ईश्वरले बनाएको बताएका छन्।

भारतको ७०औं स्वतन्त्रता दिवसको पूर्वसन्धामा रिपोर्टर्स क्लब नेपालमा सोमबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै पुरीले नेपाल-भारत सम्बन्ध सदियौदेखि चलिआएको र यसलाई ईश्वरले नै बनाएकोले कुनै शंका उपशंका नगर्न आग्रह गरेका छन्।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा पुरीले भारतले नेपालको हरेक विकास निर्माणमा सहयोगी भूमिका निभाउने बताएका छन्। उनले भारतको चाहाना नेपालमा विकास र समृद्धि भएकाले यसका लागि हामी जस्तो सुकै सहयोग गर्न तयार रहेको स्पष्ट पारे।

प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणको तयारी तिब्र गतिमा भएको भन्दै पुरीले प्रधानमन्त्रीको भ्रमणमा जलविद्युत, रेल्वे, सडक र सम्पर्क सञ्जालजस्ता विषयमा छलफल हुने बताए।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार