चिनियाँ उपप्रधानमन्त्री याङ नेपाल भ्रमणमा रहेकै बेला उत्तर कोरियामाथि अमेरिकाले हमला गरे चीनले अाफुहरू चुप लागेर नबस्ने कुरा पुन: दोहर्याएको छ ।

चिनियाँ सरकारी सन्चारमाध्यम ‘ग्लोबल टाइम्स’ले  सम्पादकीयमार्फत अमेरिकाले उत्तर कोरियामाथी सत्ता परिवर्तनको लागि दक्षिण कोरियासँग मिलेर युद्धको घोषणा गरे चीन सरकार मौन बस्न नसक्ने उल्लेख गरेको थियो ।

ग्लोबल टाइम्सले उत्तर कोरियाले अमेरिकामाथि पहिलो कारबाही गरे चीन तटस्थ बस्नुपर्ने पनि उल्लेख गरेको थियो ।

‘चीन कोरियाली प्रायद्विपमा हुने कुनैपनि युद्धको समर्थन गर्दैन । जसले उत्तर कोरियाको सत्ता परिवर्तन गरेर चिनियाँ हितको प्रभावित गर्न खोज्छ त्यसलाई शसस्त्र जवाफ दिइनेछ ।’ ग्लोबल टाइम्सले आफ्नो सम्पादकीयमा  लेखेको छ- ‘धैर्य गरौँ चीन र उत्तर कोरिया दुबैले स्वयंमता देखाउनेछ । कोरिया प्रायद्विपमा सबैको सामरिक हित जोडिएको छ । कसैलेपनि आफ्नो प्रभुत्व जामाउन कोशिस गर्नु हुँदैन् ।’

ग्लोबल टाइम्सलाई सरकारको आधिकारीक धारणा ब्यक्त गर्ने सन्चारमाध्यमको रुपमा लिने गरिन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार