
भारतले बाँधेको पश्चिम गण्डक नहरका कारण डुबानमा परेपछि सुस्ताबासीले भारत जाने नहरको बाँध अाज विहीबार भत्काएका छन् ।
झण्डै २०० को संख्यामा रहेका सुस्ताबासीले ८/१० मिटर बाँध भत्काइसकेका छन् । नहरको बाँधका कारण डुबानमा परेको भन्दै स्थानीयले फलामे पुल नजिकै नहरको बाँध भत्काउन पुगेका हुन् ।
हालै अविरल वर्षापछि आएको बाढीका कारण नवलपरासीको सुस्ता १ र २ डुबानमा परेको थियो । स्थानीयहरुले बाँध खनेर आफूहरुको खेतमा जम्मा भएको पानीको निकास दिनु पर्ने बताएका छन् ।
स्थानीय प्रशासनले आक्रोशित स्थानीयबासीलाई मनाउने प्रयास गरेपनि त्यो सफल हुन सकेको छैन ।







