अस्वस्थ अवस्थामै गिरफ्तार भएका नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं उपत्यका व्युरो इन्चार्ज माइला लामाको स्वास्थ्य स्थिति झन् नाजुक बनेको छ ।

नेता लामाको स्वास्थ्य अवस्था नाजुक बनेपछि सोह्रखुट्टे प्रहरी बिटबाट वीर अस्पतालको आकस्मिक कक्षमा लगिएको कम्युनिस्ट पार्टीका एक नेताले जानकारी दिएका छन् ।

बिनाकारण गिरफ्तार गरेर शारीरिक रुपले अवस्वस्थ नेता लामालाई प्रहरीले गिरफ्तार गरेपछि चौतफी रुपमा सरकारको विरोध भएको छ ।

सामाजिक संजाललगायत सबैतिर नेता लामाको गिरफ्तारीको भत्र्सना भएपछि सरकार र गृहमन्त्रालयलाई असह्य भएको बुझिएको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार