
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय मध्य कमाण्ड इन्चार्ज हेमन्त प्रकाश ओली सदुर्शनले गिरफ्तार केन्द्रीय सदस्य माइला लामाको अविलम्व रिहाइको माग गरेका छन् ।
बिहीबार राति एक प्रेस विज्ञेप्ती जारी गर्दै कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य समेत रहेका नेता सुदर्शनले आफ्नो उपत्यका व्युरो इन्चार्ज लामालाई सरकारले पंचायती शैलीमा गिरफ्तार गरेको बताएका छन् ।
कांग्रेस माके गठबन्धको सरकारले मानसिक सन्तुलन गुमाएर अस्वस्थ आफ्ना नेता लामालाई गिरफ्तार गरेको नेता सुदर्शनको गंभीर आरोप छ ।
विज्ञेप्तीको अन्त्यमा नेता सदर्शनले नेता लामालाई अविलम्ब रिहा नगरे कडा संघर्ष गरिने चेतावनी दिएका छन् ।
नेता सुदर्शनद्धारा जारी विज्ञेप्तीको पूरा पाठ :








