नेपाल कम्युनिस्ट पार्टीले गर्ने भनिएको सभामा माओवादी केन्द्रका अराजक भिडहरुले आज हस्तक्षेप गरेका छन् ।

सहिद रामवृक्ष यादवको स्मृतिमा कम्युनिस्ट पार्टीले धनुषाको बर्मझियामा गर्न लागेको सभामा माओवादी केन्द्रका कार्यकर्ताहरुले कार्यक्रमस्थलमा रहेको मंच भत्काउन खोजेको कम्युनिस्ट पार्टीका एक व्युरो सदस्यले बताएका छन् ।

माओवादी केन्द्रले बल प्रयोग गरेर हस्तक्षेप गरेपछि कम्युनिस्ट पार्टीका कार्यकर्ताले पनि प्रतिरोध गर्न खोजेपछि स्थिति असहज भएको तर पछि अवस्था सामान्य बनेको कम्युनिस्ट पार्टीका जनकपुर व्युरो सदस्य राजु कार्कीले बताएका छन् ।

अहिले प्रहरीको उपस्थितिमा कार्यक्रम सहज ढंगले गर्न दुबै पक्षलाई अनुरोध गरेको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार